अमेजन जंगलका १० रोचक तथ्यहरु | Khabarhub Khabarhub

अमेजन जंगलका १० रोचक तथ्यहरु


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ल्याटिन अमेरिकामा रहेको अमेजनको विशाल जंगल संसारकै सबैभन्दा ठूलो जंगल हो । यो जंगल ल्याटिन अमेरिकाका ९ वटा मुलुकसम्म फैलिएको छ । यो जंगलको  किन महत्व छ चासोको विषय हुनसक्छ ।

अमेजन जंगलका १० रोचक तथ्यहरु यहाँ उल्लेख गरिएको छ-

१) क्षेत्रफल

ल्याटिन अमेरिकामा रहेको अमेजनको विशाल जंगल संसारकै सबैभन्दा ठूलो जंगल हो । यो जंगल ल्याटिन अमेरिकाका ९ वटा मुलुकसम्म फैलिएको छ ।

७० लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो जंगलको ६० प्रतिशत भाग ब्राजिलमा पर्छ । यसअनुसार यो क्षेत्रफल भनेको नेपालजस्ता झण्डै ४८ वटा मुलुकको भूभाग बराबर हो । यसको बाँकी भाग कोलम्बिया, पेरु, भेनेजुएला, बोलिभिया, फ्रेन्च गुएना, इक्वेडोर, गुएना, सुरिनाममा पर्छ ।

विश्वको कुल वर्षावन अर्थात् रेनफरेस्ट को आधा हिस्सा अमेजनको जंगलले मात्र धानेको छ । यसअनुसार विश्वमा जतिपनि वर्षावन छन्, त्यसको आधा हिस्सा अमेजनको जंगलले ओगटेको छ ।

२) साहारा मरुभूमिको खनिज

अमेजनको जंगलले अफ्रिकाको विशाल साहारा मरुभूमिबाट विशाल खनिज पदार्थ सोस्ने गरेको छ । कारण भने अचम्मको छ । पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्छ ।

यसअनुसार पूर्वबाट पश्चिमतर्फ बहने हावाका कारण ब्राजिलभन्दा ठिक पूर्वमा रहेको संसारकै सबैभन्दा ठूलो साहारा मरुभूमिबाट आउने उड्ने बलौटे माटो र खनिज पदार्थ सीधै अमेजनको जंगलमा पुग्ने गरेको छ । यसबाट अमेजनको जंगललाई आवश्यक पोषक पदार्थ उपलब्ध हुने गरेको छ ।

एक तथ्यांक अनुसार साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजन जंगलले सोस्ने गरेको छ । जंगलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस उपलब्ध हुन्छ । नासाको अध्ययन अनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजनले साहाराबाट ग्रहण गर्ने गरेको छ ।

३) अमेजन नदी

अमेजन नदी विश्वको सबैभन्दा विशाल नदी हो । पानीको वहावको हिसाबमा विश्वको सबैभन्दा विशाल नदी अमेजन नदीको श्रोत यही जंगल हो ।

अमेजन नदीको बहाब करिब २ लाख ९ हजार घनमिटर प्रतिसेकेण्ड रहेको छ । यस नदीमा ३ हजारभन्दा बढी माछाका प्रजाति रहने विश्वास गरिन्छ ।

४) अक्सिजन

अमेजनको जंगलले विश्वका जिवाष्मलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन उत्सर्जन गर्ने विश्वास गरिन्छ । सोही कारण यसलाई विश्वको फोक्सोको संज्ञा समेत दिइन्छ ।

अमेजनले अक्सिजन उत्सर्जन मात्र नभई वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडलाई सोस्ने समेत गरेको छ । समग्रमा हेर्दा अमेजनको जंगलले विश्वको लागि एक एअर मेसिनको रुपमा काम गर्दै आएको छ ।

५) आदिवासी

अमेजनको जंगलमा ५० भन्दा धेरै आदिवासीहरुको बसोबास रहेको छ । यी आदिवासीहरु अमेजनको जंगलमा नै निर्भर रहने गरेका छन् ।

फरक फरक भाषा सँस्कृति एवं रहनसहन रहेका यी आदिवासीहरुमध्ये अधिकांश कुनै गाउँमा स्थायी रुपमा भन्दा पनि घुमन्ते शैलीमा जीवन निर्वाह गर्दै आएका छन् । यी मध्ये केही आदिवासीहरु अझै पनि मानव सभ्यतासँग परिचित नरहेको विश्वास गरिन्छ ।

६) जैविक विविधता

अमेजन जंगलमा व्यापक स्तरको जैविक विविधता पाइन्छ । एक अध्ययन अनुसार अमेजनको जंगलमा विश्वका १० प्रतिशत वन्यजन्तु पाइने तथा २० प्रतिशत चराचुरुङ्गी पाइन्छ ।

त्यस्तै यहाँ वनस्पतीको सङ्ख्या पनि विश्वको अन्य स्थानमा भन्दा धेरै पाइन्छ । अमेजनको जंगल विश्वको सबैभन्दा ठूलो पारिस्थितिक प्रणाली हो ।

७) अँध्यारो

अमेजनको जंगलको अधिकांश क्षेत्र पूर्ण रुपमा अन्धकारमय छ । अत्यन्त बाक्लो जंगल रहेकाले यहाँ सूर्यको प्रकाश जमिनसम्म पुग्न पाउँदैन ।

सोही कारण यहाँका अधिकांश हिस्सा अन्धकार हुन्छ । घना जंगल भएको क्षेत्रमा सूर्यको १ प्रतिशत प्रकाश मात्र अमेजनको जंगलको जमिनमा पर्ने जनाइन्छ ।

८) वन फडानी

अमेजनको जंगलमा वनफडानी व्यपक मात्रामा हुने गरेको छ । सन् २००४ मा यहाँ निकै ठूलो स्तरमा वन फडानी भएपछि सन् २००५ देखि २०१० सम्म निकै न्यून स्तरमा मात्र वर्षा भएको थियो । भौतिक पूर्वाधारको विकास तथा त्यस क्षेत्रमा रहेको खनिज पदार्थको उत्खननका लागि वन फडानी हुने गरेको हो ।

वन फडानीका कारण यहाँका वन्यजन्तुको अस्तित्व तथा आदिवासीको जीवनयापनमा नकारात्मक असर पर्दै आएको छ । विगत केही वर्षयता वन फडानीका कारण यहाँको वन क्षेत्रमा २० प्रतिशत कमी आएको बताइन्छ ।

९) मौसम परिवर्तन

तीन डिग्री तापक्रम बृद्धि हुँदा यहाँको ७५ प्रतिशत जंगल नष्ट हुने विश्वास गरिन्छ । वैज्ञानिकहरुका अनुसार अबको १ सय वर्षभित्र अमेजनको जंगल पूर्ण रुपमा नष्ट हुनेछ । वर्तमानमा पनि मौसम परिवर्तनको असर देखिरहे पनि आगामी दशकमा यसको प्रत्यक्ष असर देखा पर्दै जाने वैज्ञानिकहरु बताउँछन् ।

१०) कृषिकर्म

अमेजनको जंगल त्यतिधेरै मलिलो छैन । सोही कारण यहाँ कृषिकर्म गर्न असम्भवप्रायः छ । कृषिकर्म असम्भव रहेकाले यहाँका आदिवासीहरु एक ठाउँबाट अर्को ठाउँमा नियमित रुपमा बसोबास गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ३८ बजे

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष