विश्वले नेपाली समाजवादको नयाँ मोडलबाट पाठ सिक्ला ? | Khabarhub Khabarhub

विश्वले नेपाली समाजवादको नयाँ मोडलबाट पाठ सिक्ला ?


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भनाइलाई आधार मान्ने हो भने नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ र यो विश्वसमुदायका लागि नयाँ पाठसमेत हुने छ ।

उनले यसो बताइरहँदा नेपालले कस्तो समाजवादको मान्यता र सिद्धान्त प्रतिवादन गर्न लागेको हो भन्ने प्रश्न जाग्नु स्वभाविक हो ।

काठमाडौंमा भएको ‘एसिया प्यासिफिक कन्फ्रेन्स अफ सोलिडारिटी विथ क्यूबा’ को दुई दिने सम्मेलनको उद्घाटनगर्ने क्रममा क्यूबाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको प्रशंसागर्दै उनले आफ्नो पार्टीले दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गरेर अब समाजवादको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्घता जनाएका थिए । उक्त कार्यक्रममा प्रचण्डले नेपालबाट विश्व समूदायले समाजवादको पाठ सिक्नुपर्ने बताए ।

उक्त कार्यक्रममा सहभागिता जनाउन क्यूबाली क्रान्तिका नेता चे ग्वेभाराकी जेठी छोरी अलेइडा ग्वेभारा मार्च पनि नेपाल आएकी छिन् । दक्षिण अमेरिकी राष्ट्र क्यूबामा फिदेल क्यास्त्रो को नेतृत्वमा सन् १९५९ मा भएको क्रान्ति पछि त्यहाँ एकदलीय जनतंत्रको स्थापना गरियो । स्व. राष्ट्रपति फिदेल क्यास्त्रो र उनको भाई वर्तमान राष्ट्रपति रउल क्यास्त्रो रहेको क्यूबाको शासन व्यवस्था समाजवादी गणतन्त्र हो ।

नेकपाको सरकार बनेपछि पछिल्लो समयमा साम्यवादी र वामपन्थी मुलुकका नेता तथा प्रतिनिधिमण्डलहरुको भ्रमण बढ्दै गएको छ । केही दिन अघि मात्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएराले नेकपाको युवा संघको निमन्त्रणामा युवा सम्बन्धी एक सम्मेलनमा भागलिन नेपाल भ्रमणमा आएको थिए । गत माघ महिनामा अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको कडा निन्दागर्दै विज्ञप्ति निकाले पछि विवादास्पद भएको थियो ।

भेनेजुएलामा सैनिक पृष्ठभूमिका पूर्वराष्ट्रपति ह्युगो चाभेजले सन् १९९२ मा सत्ता हत्याउन असफल प्रयास गर्दा दुई बर्ष जेलमा बिताए र पछि सन् १९९८ मा नयाँ समाजवादी संविधानको बाचा सहित उनी राष्ट्रपतिमा निर्वाचित भए ।

पेट्रोलियमको भण्डार मानिने भेनेजुएलाको तत्कालिन राष्ट्रपति ह्युगो चाभेजको सन् २०१३ मा निधन भएपछि निकोलस मादुरो उनको उत्तराधिकारीको रुपमा अहिले त्यहाँ नेतृत्व गरिरहेका छन् ।

समाजवाद एउटा यस्तो व्यवस्था हो जसमा देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ । स्वामित्व भन्नाले उत्पादन, व्यवस्थापन र नियन्त्रण लगायत हो

समाजवाद भनेको एउटा आर्थिक–सामाजिक दर्शन हो । समाजवादी व्यवस्थामा धन–सम्पत्तिको स्वामित्व र वितरण समाजको अधिनमा हुने गर्दछ र यसले आर्थिक, सामाजिक र वैचारिक हिसाबले निजी सम्पत्ति सम्बन्धित अधिकारको विरोध गर्छ । समाजवादको परिभाषा अत्यन्त कठिन छ । यसलाई विभिन्न ऐतिहासिक र स्थानीय परिस्थिति अनुसार फरक रुप दिन सकिन्छ । यो सिद्घान्त एवं आन्दोलन दुवै भएपनि मुख्यतः यो एउटा आन्दोलन नै हो जसमा उत्पादनका साधनहरुलाई समाजिकरण गरेर मजदूर वर्गलाई आधार मान्दै वर्गविहीन समाजको स्थापनाकालागि सदैव प्रयत्नशिल रही रहनु पर्दछ ।

समाजवाद शब्दको प्रयोग कहिले काँहि परस्पर विरोधी प्रसंगमापनि हुने गर्दछ । जस्तो कि समूहवाद, अराजकवाद, आदिकालिन कबायली सामइवाद, सैन्य साम्यवाद, ईसाई समाजवाद, सहकारितावाद लगायत अनेकों नामाकरणले समाजवाद परिभाषित भइसकेको छ ।

समाजवाद एउटा यस्तो व्यवस्था हो जसमा देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ । स्वामित्व भन्नाले उत्पादन, व्यवस्थापन र नियन्त्रण लगायत हो । सामाजिक स्वामित्वपनि विभिन्न प्रकारका हुन्छन । यसमा साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्य द्वारा संचालित स्वतन्त्र संस्थानहरुलाई जनाउछ । ब्रिटिस राजनीतिक विज्ञ हैरॉल्ड ल‘ास्कीका अनुसार समाजवाद एउटा यस्तो टोपी हो जसलाई जो कोहीले लगाउन सक्छ ।

बीसौं शताब्दीमा समाजवादको अन्तर्राष्ट्रिय प्रसार र सोवियत संघको शासन व्यवस्थालाई एक अर्काका परिचायक मानिन्थ्यो । क्रान्ति पछिको सोवियत संघका समर्थक र आलोचक दुवैकालागि समाजवाद बहसको विषय रह्यो ।

सोवियत समर्थकहरुले उत्पादनका प्रमुख साधनहरुको समाजीकरण, बाजारलाई केंद्रिकृत नियोजनहरुको मातहतमा राख्ने, विदेशी व्यापार र घरेलु अर्थतन्त्रमा राज्यको नियन्त्रणका कारण सोवियत संघ अत्यन्त कम समयमा औद्योगिक राष्ट्र बन्न सफल भएको दाबी गरे भने उनका आलोचकहरुका अनुसार विशाल कर्मचारीतन्त्र, राजनीतिक दमन, असमानता र लोकतान्त्रिक विधिको अनुपस्थितिले यो एउटा प्रचारित छवि मात्रै भएको बताए ।

नेपालमा समाजवाद एउटा लोकप्रिय र चर्चित शब्द हो । संविधानको प्रस्तावनामापनि समाजवाद प्रति प्रतिबद्घता जनाइएको छ भने भाग – १, धारा – ४ को उपधारा (१) बमोजिम नेपाल राज्यलाई ‘समाजवाद उन्मुख’ भनिएको छ । त्यस्तै लामो बहस पछि नेकपा ले हाललाई ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई आफ्नो मार्गदर्शक सिद्घान्त स्वीकारेको छ ।

प्रचण्डले भनेको नेपालको मौलिक समाजवाद कस्तो होला त्यो समयाअनुसार प्रष्ट हुँदै जाने छ । स्मरण रहोस् जर्मनी का तानासाह हिटलरको ‘नाजी पार्टी’ को वास्तविक नाम पनि ‘राष्ट्रिय समाजवादी दल’ नै थियो ।

नेपाली कांग्रेसको सिद्घान्तमा ‘प्रजातान्त्रिक समाजवाद’ भनिएको छ । नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरमको एकिकरण पश्चात बनेको पार्टीको नाम नै ‘समाजवादी पार्टी’ राखिएको छ । राजपाले ‘समाजवादी प्रजातन्त्र’ लाई आफ्नो आदर्श भनेको छ । सत्ता बाहिरका अन्य दलहरुपनि विभिन्न नामाकरण सहित समाजवादलाई आफ्नो लक्ष्य तोकेका छन् ।

प्रचण्डले नेपालको समाजवादलाई मौलिक प्रकृतिको हुने बताउने गरेका छन् । हुन त नेपालमा जे पनि मौलिक प्रकृतिको हुने गरेको दाबी गरिँदै आएको छ । निर्दलिय पञ्चायती व्यवस्थालाई मौलिक प्रजातान्त्रिक व्यवस्था भनिएको थियो भने नेपालको शान्ति प्रक्रियालाई मौलिक प्रकृतिको भएकोले विशेष व्यवस्था अपनाउनु पर्ने भनिएको छ । जसले गर्दा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता छानबीन आयोग’ सम्बन्धी नियमहरु बन्न सकेका छैन् ।

विश्वमा समाजवादको व्याख्या हरेक प्रकारका वैचारिक व्यवस्था भएका देशहरुले आ–आफ्नै परिवेश अनुसार गरेका छन् । चीन, भियतनाम, लाओस, क्यूबा, उत्तर कोरिया, भेनेजुएला लगायतका वामपन्थी विचारधारा भएका मुलुकहरुले समाजवादलाई अंगालेको दाबी गरिरहेका छन् भने संसदीय व्यवस्था भएका भारतसहित कतिपय युरोपिय देशहरुपनि समाजवादी व्यवस्था अन्तर्गत संचालित छन् ।

यी मध्ये प्रचण्डले भनेको नेपालको मौलिक समाजवाद कस्तो होला त्यो समयाअनुसार प्रष्ट हुँदै जाने छ । स्मरण रहोस् जर्मनी का तानासाह हिटलरको ‘नाजी पार्टी’ को वास्तविक नाम पनि ‘राष्ट्रिय समाजवादी दल’ नै थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका