मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु « Khabarhub

मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मोहमद ओसिब आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

अक्सिजनको कमीको कारण बेहोस भएको अवस्थामा फेला परेका उनीहरुलाई तत्काल त्यहाँबाट निकालेर उपचारका लागि विराटनगर लगिएको थियो । सोही स्थान बस्ने ४० वर्षीय दाउत मियाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ४९ बजे

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

इलाम – इलामको रोङ गाउँपालिकामा लोपोन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी  

सर्लाही – सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ

‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी

काठमाडौँ – कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको

ब्यास र अकेशाको ‘बसन’ सार्वजनिक (भिडियोसहित) 

काठमाडौँ – फिल्म ‘लाईफ इन एलए’ को नयाँ गीत सार्वजनिक