संसारका सबैभन्दा धनाढ्य कसरी बने जेफ बेजोस ? | Khabarhub Khabarhub

संसारका सबैभन्दा धनाढ्य कसरी बने जेफ बेजोस ?



फोर्ब्स पत्रिकाका अनुसार संसारकै सबैभन्दा धनाढ्य व्यक्ति हुन् जेफ बेजोस ।

बेजोससँग १ खर्ब ५६ अर्ब ४० करोड अमेरिकी डलर भन्दा धेरैको सम्पत्ति छ । उनी अनलाइनबाट खुद्रा सामान विक्री गर्ने अमेजनका संस्थापक, सञ्चालक र प्रमुख कार्यकारी समेत हुन् ।

बेजोसले सन् १९९४ मा अनलाइनबाट किताब बेच्न स्थापना गरेको अमेजन हाल विश्व खुद्रा बजारको सबैभन्दा ठूलो कम्पनीका रुपमा स्थापित भइसकेको छ । अमेजन कम्पनीले विश्वका कुनाकुनामा लाखौं मानिसहरुलाई रोजगारी समेत प्रदान गर्दै आएको छ । त्यसबाहेक अमेरिकाको प्रभावशाली अखबार वाशिंटन पोष्ट पनि उनको नाममा छ । तर उनको यत्रो सफलताका पछाडि ठूलो मिहिनेत, संघर्ष र परिश्रम लुकेको छ ।

जेफरी पे्रस्टन जोर्गेनसनको जन्म सन् १९६४ मा न्यू मेक्सिको राज्यको अल्बुकर्की शहरमा भएको थियो । सानै उमेरमा उनका आमाबाबुले सम्बन्धविच्छेद गरेको केही समयपछि उनकी आमाले बेजोस थर भएका क्युबाली आप्रवासीसँग विवाह गरेकी थिइन् । त्यसपछि चार वर्षको उमेरमा उनको थर जोर्गेनसनबाट बेजोस रहन गएको थियो ।

त्यसपछि उनको परिवार अल्बुकर्कीबाट टेक्ससको ह्युस्टन शहर बसाई सर्यो‍ । त्यहाबाट बेजोसको प्रारम्भिक शिक्षा अघि बढ्यो । पुनः उनको परिवार फ्लोरिडा बसाई स¥यो । उनले त्यहीँ उच्च शिक्षा शुरु गरे । उच्च शिक्षा अध्ययनका क्रममा उनी दिउँसो खाजा समयमा म्याक्डोनाल्डमा काम गर्न थालेका थिए । उच्च शिक्षा अध्ययनकै क्रममा उनमा कम्प्युटर इन्जिनियरिप्रति चासो बढ्दै जान थालेको थियो ।

सानैदेखि अध्ययनमा तीक्ष्ण रहेका उनी प्रिन्सटन विश्वविद्यालयमा भर्ना भए । सन् १९८६ मा उनी प्रिन्सटनबाट इलेक्ट्रिकल इन्जिनियरिङ एण्ड कम्प्युटर साइन्स विषयमा विज्ञान संकायबाट ४.२ जीपीए ल्याएर ग्राजुएट भए ।

प्रिन्सटनबाट ग्राजुएट भइसकेपछि उनले सन् १९८६ बाटै फिटेल नामक फिनटेक टेलिकम्युनिकेशन कम्पनीमा काम शुरु गरे । त्यहाँ उनलाई अन्तर्राष्ट्रिय व्यापार सञ्जाललाई प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको थियो । त्यसपछि उनलाई उक्त कम्पनीको विकास शाखाको प्रमुख तथा ग्राहक सेवाका निर्देशकको जिम्मेवारी दिइयो ।

त्यसपछि उनी सन् १९९० मा डीई श एण्ड को नामक हेज फण्डमा काम गर्न थाले । यसक्रममा उनी उक्त कम्पनीको चौथो वरिष्ठ उपाध्यक्ष समेत बन्न सफल भएका थिए । उनी त्यहाँ इन्टरनेट र कम्प्युटर प्रविधिले विश्वव्यापी व्यापारमा कस्तो प्रभाव पारिरहेको छ भन्नेबारे शोध गर्ने जिम्मेवारी दिइएको थियो ।

इन्टरनेटको माध्यमबाट किताबहरु विक्री

सन् १९९० को दशकमा कम्प्युटर प्रविधिको बढ्दो लोकप्रियता र इन्टरनेटको व्यापकताका कारण इन्टरनेटको माध्यमबाट नयाँ किसिमको व्यापारिक अभ्यासको शुरुआत गर्न सकिन्छ भन्ने लागेर उनले सन् १९९४ मा इन्टरनेटको माध्यमबाट किताबहरु विक्री गर्ने उद्देश्यले काडब्रा नामक कम्पनी स्थापना गरे । तर, उक्त नाम झन्झटिलो भएकाले उनले कम्पनीको नाम परिवर्तन गरी दक्षिण अमेरिकाको सबैभन्दा ठूलो नदीको नामबाट अमेजन नाम दिए ।

बढ्दो लोकप्रियतासँगै उनले अमेजनको साइटमा सामानहरुको लिलामी गर्नसक्ने व्यवस्था मिलाए भने अमेजनमा त्यसबेला प्रचलित सीडी भिडियो तथा चलचित्र पनि उपलब्ध गराइयो

यसका लागि उनले नयाँ कम्प्युटर सफ्टवेयरको विकास गरी केही मानिसहरुलाई काममा समेत लगाएका थिए । अमेजनले अनलाइनबाट पहिलो किताब भने सन् १९९५ मा विक्री गरेको थियो । नयाँ शैलीबाट शुरु गरिएको व्यापार चाँडै लोकप्रिय बन्यो ।

साइटमा किताबका पाठकहरुले आफूले अध्ययन गरेका किताबको समिक्षा समेत लेख्न सक्ने, अमेजन आफैंले सम्भावित पाठकलाई किताब अध्ययनार्थ फरक–फरक किताब सिफारिस गर्न सक्ने र सस्तो दरमा किताब उपलब्ध हुने भएकाले चाँडै नै अमेजन इन्टरनेटमार्फत किताब बेच्ने महत्वपूर्ण कम्पनीको रुपमा स्थापित हुँदै गयो । त्यसपछि उनले अमेजनलाई अझ विस्तार गर्दै दैनिक चौबिसै घण्टा र साताको सातै दिन खुल्ला रहने बनाए ।

बढ्दो लोकप्रियतासँगै उनले अमेजनको साइटमा सामानहरुको लिलामी गर्नसक्ने व्यवस्था मिलाए भने अमेजनमा त्यसबेला प्रचलित सीडी भिडियो तथा चलचित्र पनि उपलब्ध गराइयो । एकपछि अर्को फिचर थपिँदै गएपछि अमेजनको लोकप्रियता पनि बढ्दै गयो । स्थापना भएको केही वर्ष लगत्तै अमेजन अमेरिकाको उदीयमान कम्पनीमा समेत गणना हुन थालिसकेको थियो । यसैअनुसार टाइम म्याग्जिनले बेजोसलाई सन् १९९७ मा वर्ष व्यक्ति घोषणा गर्यो ।

योसँगै अमेजनले अन्य खुद्रा व्यापारतर्फ पनि आफ्नो क्षेत्र विस्तार गर्यो । यसअनुसार सन् २००० को दशकको शुरुतिर अमेजनमा इलेक्ट्रोनिक सामान, हार्डवेयरका सामान, लुगाफाटोलगायतका सामान विक्री थाल्यो । अमेजनले खुद्रा सामानको विक्रीसँगै प्राविधिक क्षेत्रमा पनि हात हालेर पछि सन् २००६ मा अमेजनले अमेजन वेब सर्भिस नामक क्लाउड कम्प्युटिङ सेवा थाल्यो । सन् २००७ मा अमेजनले किन्डल नामक तारविहीन इन्टरनेट सेवासहितको डिजिटल किताब पढ्न सकिने उपकरण सार्वजनिक गर्यो । यसबाट मानिसहरुले लाखौं डिजिटल किताब किनेर पढ्न सक्ने भए ।

हाल अमेजनका सेवा विश्वका कुनाकुनासम्म फैलिसकेको छ भने अमेजनले आफ्नो सेवालाई खुद्रा व्यापारबाट विभिन्न प्राविधिक तथा सूचनामूलक क्षेत्रमा समेत विस्तार गरिसकेको छ । हाल विश्वभर अमेजनका माध्यमबाट लाखौं मानिसहरुले रोजगारी पाइरहेका छन् ।

सन् १९९७ मा पहिलोपटक सार्वजनिक शेयर जारी गर्यो । शेयर बेचेर बेजोसले ५ करोड ४० लाख हात पारे । त्यसको दुई वर्षपछि सन् १९९९ मा उनी फोब्र्सको अर्बपतिको सूचीमा सूचिकृत हुन सफल भए । एकपछि अर्को सफलतासँगै उनी सन् २०१८ मा आएर १ खर्ब अमेरिकी डलर सम्पत्ति हुने पहिलो व्यक्ति बन्न पुगे ।

उनले वाशिंटन पोष्ट अखबारलाई सन् २०१३ मा २५ करोड अमेरिकी डलर नगदमै खरिद गरे । उनको पहलमा परम्परागत अखबारको शैलीमा प्रकाशित हुँदै आएको वाशिंटन पोष्ट अझ परिष्कृत तथा भविष्यमुखी डिजिटल छापमाध्यमको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ ।

आफ्नो फरक भिजन, मिहिनेत र संघर्षबाट सफल बन्न सफल भएका जेफ बेजोसको सफलताले विश्वभरका युवाहरुलाई उर्जा र प्रोत्साहन दिँदै आइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम