जापानको ओसाकामा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता | Khabarhub Khabarhub

जापानको ओसाकामा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओसाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच जापानको ओसाका शहरमा भेटवार्ता भएको छ ।

ओसाकामा जारी जी २० सम्मेलनको साइडलाइनमा दुई राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई मुलुकबीच व्यापारमा पछिल्लो समय देखिएको असहजताका विषयमा छलफल केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै नेताले पछिल्लो समय देखिएको व्यापारिक समस्यालाई समाधान गर्नका लागि व्यापारिक छलफललाई निरन्तरता दिने सहमति बनेको बताइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा भन्सार बढाउने चेतावनी दिएका थिए । यद्यपि राष्ट्रपति सीसँगको पछिल्लो भेटवार्तापछि भने त्यस्तो भन्सार तत्काल नबढाउने र वार्तालाई निरन्तरता दिनेमा दुबै नेताहरु सहमत बनेका हुन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : ५२ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४