भगवान बुद्धको जवाफ– मृत्युपछि के हुन्छ ? « Khabarhub

भगवान बुद्धको जवाफ– मृत्युपछि के हुन्छ ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर तपाईंले मृत्युपछि मानिस के हुन्छ भन्ने कुरा बताउनु भएको छैन । यो कुरा पनि जान्न पाए थप धन्य हुने थियौं ।

भगवान गौतम बुद्धले मुस्कुराउँदै भने–हो मैले यो बारे बताएको छैन । आज बताउँछु तर त्यो अघि एउटा प्रश्न सोध्छु त्यसको जवाफ देउ है त ? चेलाले भने आज्ञा होस् गुरु ।

बुद्धले प्रश्न गरे – एकजना मानिस सुनसान जंगलको बाटो हिँडिरहेका बेला एक्कासी कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यो अवस्थामा त्यो व्यक्तिले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो भनेर पत्ता लगाउनु उचित हुन्छ ?

चेलाले जवाफ दिए – सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नु उचित हुन्छ गुरु ।

चेलाको जवाफ सुनेपछि बुद्धले भने– हो तिमीले एकदमै ठीक जवाफ दियौ । अब म तिमीलाई अर्को प्रश्न सोध्छु त्यसको पनि जवाफ देउ ? हामीले सबैभन्दा पहिले यो जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक ? बुद्धको प्रश्न सुनेपछि चेला शान्त बने ।

हो, अनावश्यक कुरामा टाउको दुखाउनु ठिक हुँदैन

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ०७ बजे

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं– नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि