संविधान संशोधन गर्न राजपाको माग | Khabarhub Khabarhub

संविधान संशोधन गर्न राजपाको माग


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संसोधनमार्फत् आफ्ना माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

संसदको बजेट अधिवेशनको शुरुको दिन सोमबार संसद बैठकमा हिन्दीमा सम्बोधन गरेका राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले थरुहट, मधेश आन्दोलनको सत्य तथ्य छानविन गर्न गठि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे ।

आफ्नो दलका सांसद रेशम चौधरी अहिले पनि जेलमा रहेको भन्दै तत्काल उनको मुद्धा फिर्ता लिन समेत माग गरे । सरकारले राजपलाई सडक संघर्षमा जान बाध्य पारेको भन्दै सधैभरी संसदमा मात्रै आवाज नउठाउने भन्दै सडक संघर्षमा जान बाध्य नपार्न समेत आग्रह गरे ।

जितेन्द्रनारायण देवको संयोजकत्वमा गठित समितिको सिफारिसमा मधेशका ३४ हजार ९० नागरिकता वितरण गरेको तर सर्वोच्चको आदेशले नेपालीलाई नागकिरताविहिन बनाउने प्रयास नगर्न समेत सुझाव दिए । मधेश आन्दोलनको एजेण्डा सम्बोधन नभएसम्म शान्ति सम्भव नभएको झाको दाबी छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ०५ बजे

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन