ट्युमरको शल्यक्रियापछि स्वेताले भनिन्– ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’ | Khabarhub Khabarhub

ट्युमरको शल्यक्रियापछि स्वेताले भनिन्– ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौ‌ं – अभिनेत्री स्वेता खड्का एक्कासी बिरामी परेर उपचार गराएपछि आफूले दोस्रो जिन्दगी पाएको बताएकी छिन् । उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका लागि केही हप्ताअघि लण्डन गएकी थिइन् । लण्डनमा हुँदा उनको च्युँडो र तल्लो घाँटीमा एक्कासी समस्या देखिएको थियो ।

घाँटीमा बढी पीडा भएपछि उनले डाक्टरलाई चेक गराएकी थिइन् । स्वेताले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै जिन्दगीले फेरि एकपटक खेल खेलेको बताएकी हुन् ।

यतिबेला उनको भारतको दिल्लीमा उपचार भइरहेको पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । लण्डनबाट भारतको दिल्ली पुगेर द्रुत प्रक्रियामार्फत शल्यक्रिया गरेको उनले बताएकी छिन् ।

शल्यक्रियापछि भने उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।

उनको उपचारमा डाक्टर सुरेन्द्रकुमार दाबास खटिएका थिए । यस्तै नेपालबाट गएका डाक्टर पंकजले पनि शल्यक्रियामा सहयोग गरेको भन्दै स्वेताले धन्यवाद व्यक्त गरेकी छिन् ।

अभिनेत्री स्वेता खड्का यसअघि फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् । पछिल्लो समय स्वेता व्यवसाय र समाजसेवामा पनि सक्रिय छिन् । उनले फेसबूकमा लेखेकी छिन्- ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ ।’

यस्तो छ उनको फेसबूक पोस्ट

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड