भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान | Khabarhub Khabarhub

भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा चौथो चरणको चुनाव शुरु भएको छ । सोमबार(आज) भारतमा लोकसभाका लागि ९ राज्यमा चुनाव हुन लागेको हो ।

७२ संसदीय सीटका लागि विहानै देखि मतदान शुरु भएको छ । जसमा महाराष्ट्रको १७, राजस्थान तथा उत्तर प्रदेशको १३–१३ पश्चिम वंगालको ८, मध्य प्रदेश तथा ओडिसाको ६–६, विहारको पाँच र झारखण्डको तीन सिटका लागि मतदान भइरहेको हो ।

जम्मू कश्मीरको अनन्तनाग सीटमा पनि मतदान जारी छ । अनन्तनाग सीटमा तीन चरणमा चुनाव भाइरहेको छ ।

बीजेपी तथा उसको गठवन्धनका लागि यो चुनाव निकै महत्वपूर्ण मानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । किनकी २०१४ को लोकसभा चुनावमा यी ७२ मध्ये ५६ सीटमा उनीहरुले जित निकालेका थिए ।

बाँकी १६ सिटमा कांग्रेसले जीत निकालेको थियो । चौथो चरणमा पूर्व केन्द्रीय मन्त्रीहरु सलमान खुर्शीद, श्रीप्रकाश जयसवाल, यूपीका मन्त्री सत्यदेव, सपाकी डिम्पल लगायका व्यक्तिहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ५२ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले