संघीय संसद्को अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची | Khabarhub Khabarhub

संघीय संसद्को अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका लागि कानून निर्माणमा केन्द्रित हुने छ ।
तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालू अधिवेशनमा सरकारका वार्षिक कार्यक्रम र कानून निर्माणमा केन्द्रीत हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहेनछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यसपटक नीति तथा कार्यक्रमपछि प्री बजेट छलफल हुनेछ । यसअघि प्री बजेट छलफलपछि मात्र नीीत कार्यक्रम पेस हुने गरेको थियो ।

अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ।

दुवै सदनमा सत्तारूढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ । दोस्रो सत्रमा अघिल्लो अधिवेशनपछि निधन भएका पूर्वमन्त्री तथा सांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ४१ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको