नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार | Khabarhub Khabarhub

नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १६ गते सोमबार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा एकै चालकले हजार किमि शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइएका अनुसार ट्राफिकलाई घुस दिएर दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको यात्रा एक जना ड्राइभरले गराएको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै सडकले नास्यो ट्रेकिङ रुट शीर्षकको समाचार प्रकाशन भएको छ । जहाँ ट्रेकिङको भर्जिन गन्तव्य क्व्होलासोथरमा मोटर पुग्न लागेको समाचार प्रकाशन भएको छ । क्व्होलासोथरमा पदमार्गको सट्टा मोटर बाटो लैजान जनप्रतिनिधि नै अघि सरेको समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै कान्तिपुर दैनिकमा नेकपाका तीन सचिवद्वारा शपथ अस्वीकार शीर्षकको समाचार प्रकाशन भएको छ । समाचारमा जनाइए अनुसार पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले शपथ अस्वीकार गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतवार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशी अनुपस्थित भएका हुन् । उनीहरुले आफूहरुको मर्यादाविपरीत पद दिएको भन्दै शपथ नलिएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ०५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम