निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ « Khabarhub

निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो ।

निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउनेगरी भ्रमक समाचार फैलाएको सरकारी अधिकारीहरुको भनाइ छ ।

निर्वाचन आयोगका दुई जना आयुक्तलाई हटाइएको र मतदान भइरहेको ठाउँमा छ लाख अवैध मतपेटिका मिसाइएको भन्ने भ्रमक समाचार उनीहरुले फेसबुकमा सेयर गरेका थिए ।

इन्टरनेट मार्फत् गलत सूचना प्रवाह गरेकाले उनीहरुलाई कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीका एक जना प्रवक्ता सिरिवात डिफोरले जानकारी दिए ।

उनीहरुले भने त्यो समाचार भ्रमक समाचार हो भन्ने थाहा नपाएको र सत्य समाचार नै ठानेर आफुहरुले सेयर गरेको बताएका छन् ।

आरोप प्रमणीत भएमा उनीहरुलाई पाँच बर्ष भन्दा बढी जेल सजाय र ३१ सय डलर जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ०९ बजे

काठमाडौँ उपत्यकामा एक दिनमा २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही 

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

खोटाङमा पहिरोले ६ घर विस्थापित 

खोटाङ – पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका

दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा

बैतडी – पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको

‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय