एसइई परीक्षामा प्रश्नपत्र आउट– शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान | Khabarhub Khabarhub

एसइई परीक्षामा प्रश्नपत्र आउट– शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र लगातार आउट हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो १२ बजेका लागि केन्द्रीय सुरक्षा समितिको आकस्मिक वैठक बोलाइएको हो ।

शिक्षा मन्त्रालयका सचिव संयोजक रहने समितिमा  केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु सदस्य रहन्छन् ।

एसइई परीक्षाअन्तर्गत प्रदेश नम्बर २ मा लगातार २ ओटा प्रश्नपत्र आउट भएका छन् । बिहीबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट भएको छ ।

विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि बिहीवार प्रदेश २ मा एसइई परीक्षा रद्द गरिएको थियो । शुक्रबार पनि सामाजिक शिक्षा विषयको परीक्षा रद्द गरिएको छ ।

शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

शिक्षा मन्त्रालयले आह्वान गरेको वैठकले प्रश्नपत्रको सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ ।

साथै आगामी दिनमा प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम