नयाँ शैक्षिक सत्रबाट काठमाडौंका विद्यालयमा ‘नेपाल भाषा’को पठनपाठन | Khabarhub Khabarhub

नयाँ शैक्षिक सत्रबाट काठमाडौंका विद्यालयमा ‘नेपाल भाषा’को पठनपाठन


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि ‘नेपाल भाषा’ विषयको पठनपाठन गर्ने नियम लागू गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका र जगतसुन्दर ब्वनेकुथिको संयुक्तआयोजनामा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइने ‘नेपाल भाषा’ विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञहरुबाट सुझाव सङ्कलन गर्न आयोजित कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो ।

महानगरपालिकाभित्रका कूल ४३५ विद्यालयमध्ये २७ विद्यालयमा ‘नेपाल भाषा’को पढाइ भइरहेको छ ।

कामपा शिक्षा विभाग नेपाल भाषा पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव मोतिराज खनालले नेपालको मौलिक संस्कृति र भाषा भएको नेवार समुदायको नेपाल भाषालाई कुनै पनि हालतमा मेट्न दिन नहुनेमा जोड दिँदै महानगरभित्रका विद्यालयमा नेपाल भाषा अनिवार्य विषयकारुपमा लागू गर्न महानगर प्रतिबद्ध रहेको बताए ।

विद्यार्थीलाई नेपाल भाषा अध्ययनका लागि प्रोत्साहित गर्ने तथा शिक्षक अभाव भए नेपाल भाषा पढाउने शिक्षक तयार गर्न महानगरपालिकाले तालीम प्रदान गर्ने जानकारी दिए।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगरपालिकाका पछिल्लो कदम सरहानीय रहेको बताए ।

उनले विश्वमा कहीँ नभएको नेपालको मौलिक कला, संस्कृति तथा नेपाल भाषाको जगेर्नाका लागि संघीय सरकार तथा प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको बताउँदै सरकार यसतर्फ गम्भीर नभएमा नेपालको अद्घितीय सम्पदा नासिएर जाने बताए ।

त्रिवि केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेपाल भाषा तथा यसका लिपि विश्वकै लागि उदाहरणीय रहेको बताउँदै नेपालको सम्पदा नेवार समुदायको मात्र नभई देशको सम्पदा भएकाले यसको संरक्षणका लागि सरकारसहित सम्पूर्ण नेपाली जनताको साथ र समर्थन आवश्यक रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ४३ बजे

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको