एक लाखको पत्थर देखाई करोडौको कारोवार गर्न खोज्ने समूह पक्राउ | Khabarhub Khabarhub

एक लाखको पत्थर देखाई करोडौको कारोवार गर्न खोज्ने समूह पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मूल्यमा बेच्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।

मंसिर १२ गते काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मुल्य पर्ने भनि झूक्याई कारोवार गर्न लागेको भन्ने बिशेष सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेपलान्चोक बेथानचोक गा.पा. वडा नं. ४ घर भई पनौती न.पा. वडा नं. ४ बासडोल बस्ने नबराज खड्का सहित पाँच जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा झापा गौरादह न.पा. वडा नं. १का हरि खापुङ, झापा शिबसताक्षीधाम न.पा. वडा नं. ४ का यम कुमार गिरी, मोरङ बुढिगंगा गा.पा. वडा नं. ५ का लोक बहादुर सार्की , रौतहट चन्द्रपुर न.पा. वडा नं. १ का भीम बहादुर लामा रहेका छन् ।

उनीहरुको कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम फेला पारी बरामद गरी निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : ४८ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त