तरकारीको मूल्य भदौयता २ सय प्रतिशतले बृद्धि | Khabarhub Khabarhub

तरकारीको मूल्य भदौयता २ सय प्रतिशतले बृद्धि


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गौशालमा ५ वर्षदेखि होटल व्यवसाय गर्दै आएका श्याम कुमार रिजाल तरकारी किन्न नसक्ने अवस्था पुगेको गुनासो गर्छन् । टुकुचा तरकारी बजारमा भेटिएका रिजालले दैनिक बढेको तकारी भाउले व्यवसायमै असर परेको बताए ।

‘तरकारीको बजार भाउ दैनिक बढ्दा उपभोक्ताको दैनिकीमा पनि समस्या पदै गएको छ । भदौ यता प्रति दिन तरकारीको भाउ बृद्धि भएको छ । यो विषयमा सरकारी निकाय भने मौन छ । जसका कारण हामी जस्ता व्यवसाय मार परेका छौ’ उनले भने, ‘यस्तै हो भने व्यापार नै छाडनु पर्ला जस्तो छ । तरकारी नमिठो भयो भनेर ग्राहकले कराउँछन् । भने तरकारी किन्न सक्ने अवस्था छैन ।’

अनामनगरकी सविता कार्की पनि तरकारी किन्न नसक्ने भइयो भन्दै गुनासो गर्छिन् । तरकारी भन्दा मासु सस्तो पाइन थालेको कार्कीले बताइन् ।

‘यस्तो महँगी भयो भने कसरी परिवार चलाउने ?’ उनले प्रश्न गरिन् ।

तरकारीमा पनि प्याजको मूल्य आकासिएको छ । अत्याधिक मूल्य बढेका कारण प्याज कतिपको भन्सामा प्रयोग नै हुन छाडेको छ ।
नेपालको खुद्रा बजार २ सय ५० रुपैयाँ प्रतिकेजी प्याज विक्रि भइरहेको छ । यो पनि पाउन समस्या भइरहेको व्यापारी बताउँछन् ।
कतिपय उपभोक्ताले भने प्याज नै तरकारी प्रयोग गर्ने छोडेको बताउँछन् ।

कालीमाटी तरकारी बजारको मूल्यअनुसार अहिले स्थानीय काक्रा प्रतिकिलो १ सय १० रुपैयाँ, बन्दा लोकल रुपैयाँ, गाँजरको मूल्य १०० लोकल काउली ९० रुपैयाँ, र मूला प्रतिकेजी थोक मूल्य छ । तर बजारमा भने तरकारीको कालिमाटी बजार भन्दा २ गुणले महगो रहेको पाइन्छ ।

कृषि प्रधान देशमै दैनिक उपभोगमा आउने तरकारीको हाहाकार हुनु अचम्मको विषय भएको उपभोक्ताले बताउँछन् । सरकारले सम्बन्धी निकायसँग परामर्श गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले बताए । सरकारले अब बजारमा तरकारी भाउ बृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको उनको भनाइ छ ।

बन्दा, गाँजर, काउली र काक्रोको मूल्यमा पनि दैनिक बृद्धि भइरहेको छ । भदौयता काउली र मुलाजस्ता तरकारीको मूल्य पनि २ सय प्रतिशतसम्म बढेको छ । कालीमाटी तरकारी बजारमै थोक मूल्य बढेपछि खुद्रा व्यापारीले पनि मनपरी मूल्य बढाएका छन् । त्यस्तै सुकेको अदुवा, साग लसुन र अन्य तरकारीका भाउमा बृद्धि भएको छ ।

सरकारले तरकारी मूल्य बृद्धि भएको विषयमा तत्काल सम्बोधन गर्नुपर्ने संसदको श्रम, वाणिज्य तथा उपभोक्ता समितिकी सदस्य विन्दा पाण्डेले बताइकी छिन् । सरकारको दैनिकसँग जोडिएको विषयमा हेल्चेकाँइ गर्नु नहुने उनको भनाइ छ ।

सरकार नै दैनिक बढेको तरकारी मूल्यको विषयमा मौन हुँदा उपभोक्ता मारमा परेमा परिरहेको उनको भनाइ छ । यो विषयमा नागरिक समाजका अगुवाइ गर्नेहरु पनि मौन रहेको देखिन्छ ।

प्याजको भाउ उच्च 

बजारमा प्याजको मूल्य बढेसँगै अन्य तरकारीहरुमा पनि भाउ बढेको उपभोक्ता बताउछन् ।नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७र६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो ।

देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ । आव २०६७र६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो । प्याज उत्पादनमा सप्तरीपछिका जिल्लामा क्रमशः बारा, सिरहा र रूपन्देही छन् । हिमालपारिका मुस्ताङ र मनाङमा पनि वार्षिक १६ टन प्याज फल्ने गरेको छ ।

प्याज नेपालको तरकारी बालीमा काउली र बन्दापछि तेस्रोमा पर्छ। प्याज जति उत्पादन भए पनि आसपासका बजारमा सजिलै खपत भइरहेको छ । शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ तर नेपालमा प्याजको भर भारतमा नै पर्ने गरेको छ ।

प्याजको भाउ यो बर्ष मात्रै होइन गत बर्ष पनि कात्तिको अन्तिम सत्ता यसैगरि प्याजको भाउ आकाशिएको थियो । त्यतिबेला प्याजकेजिको १ सय २५ रुपैयाको भाउले कालिमाटि बजारमा करोबार भएको थियो ।

पछिल्लो केहि बषयताको तथ्याङ्क हेरदा केहि फरक छैन् । २०६४ साल असोजको अन्तिम सत्ता प्याजको भाउ ५० रुपैयाबाट बढेर मंसिर १० मा १ सय २५ रुपैयामा कारोबार भएको थियो ।

२०७३ सालमा प्रतिकेजी ३० रुपैयाका दरले बिकिरहेको प्याज कात्तिकको अन्तिममा २० रुपैयाँ बढेर ५० रुपैयाँमा कारोबार भएको थियो । सरकारले कृषिका लागि उच्चि लगानी तथा कृषि क्षेत्रमा भइरहेको विचौलियाको विगविगिलाई हटाउन सकेमा मात्रा नेपालले कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ५५ बजे

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको