सिरियामा सामूहिक चिहान फेला | Khabarhub Khabarhub

सिरियामा सामूहिक चिहान फेला


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका अमेरिका समर्थित सिरियाली कुर्दिस लडाकु नेतृत्वको फौजले इस्लामिक स्टेटको कब्जामा रहेको भूभागमा समूहिक चिहान फेला पारेका छन् ।

सिरियाको डिएर एजजोर प्रान्तको बघुज शहर नजिक इस्लामिक स्टेटबाट मारिएका दर्जनौँ याजिदीको शव गाडिएको अवस्थामा सिरियाली कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ फौजले सामूहिक चिहान फेला पारेको एसडीएफका कमाण्डर अदनान अफ्रिनले जनाएका हो ।

शवहरु पहिचान नै हुन नसक्ने गरी सडेको अवस्थामा रहेको बताइएको छ । यसैबीच बाघुज क्षेत्रमै एसडिएफले आफ्ना २४ लडाकुलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका आफ्ना लडाकुबारे अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा