अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग वार्ता नहुने तालिबानको घोषणा | Khabarhub Khabarhub

अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग वार्ता नहुने तालिबानको घोषणा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता नगर्ने अडान राखेको छ ।

कतारको राजधानी दोहामा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता सुहेल सहिनले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता गर्नुको औचित्य नरहेको जनाएका हुन् ।

यसअघि अफगान सरकारले तालिबानसँग आगामी दुई साताभित्र तालिबानसँग युरोपको अज्ञात मुलुकमा प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको जनाएका थियो ।

शान्ति मामिलासम्बन्धी अफगानिस्तानका राज्यमन्त्री अब्दुल सलाम रहिमीले उक्त वार्ताका लागि अफगान सरकारले १५ सदस्यीय प्रतिनिधिमण्डलको घोषणा गर्ने जनाएका थिए ।

पछिल्लो समय तालिबान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जमल्काए खालिदजादको प्रतिनिधिमण्डलबीच कतारको राजधानी दोहामा शान्ति वार्ताका विभिन्न चरणहरु चलिरहेका छन् ।

वार्ताका क्रममा अमेरिकाले अफगान सरकार र तालिबानबीच बेग्लै सहमति आवश्यक रहेको बताउँदै आएको छ । तर तालिबानले भने अफगान सरकारलाई अमेरिकी कठपुतलीको संज्ञा दिँदै अमेरिकासँगको वार्तालाई प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ५३ बजे

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको