एसिड आक्रमणबाट घाइते भएकी जेनीलाई मन्त्री थापाद्वारा ५० हजार सहयोग | Khabarhub Khabarhub

एसिड आक्रमणबाट घाइते भएकी जेनीलाई मन्त्री थापाद्वारा ५० हजार सहयोग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कीर्तिपुर अस्पतालमा उपचाररत जेनी खड्काको उपचारका लागि ५० हजार सहयोग प्रदान गरेकी छिन् ।

घाइते खड्काकी आमा कमलाचन्द खड्कालाई शुक्रबार अस्पतालमै पुगेर मन्त्री थापाले सहयोग प्रदान गरेकी हुन् । ४५ दिनदेखि अस्पतालमा उपचाररत जेनीको डिस्चार्ज गर्न रकम अभाव भएको जानकारी पाएपछि मन्त्री थापाले सो सहयोग प्रदान गरेको बताएकी छन् ।

खड्कालाई सहयोग गर्दै मन्त्री थापाले महिला हिंसा विरुद्धका कानून कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले हिंसाले समाज र परिवारको खुसी मात्र खोसिँदैन, विकासलाई समेत पछाडि धकेल्ने बताइन् ।

जेनी खड्काका आमा कमला चन्द खड्काले छोरीको उपचार गर्न मात्र तीन लाख भन्दा बढी लागेको बताइन् । उनले डेढ लाख पहिल्यै अस्पतालमा बुझाएको भए पनि अझै डेढ लाख तिर्न बाँकी रहेको हुँदा डिस्चार्ज गर्न समस्या भएको बताइन् ।

अस्पतालका जनसम्पर्क अधिकृत तारानीधि भूर्तेलले जेनीको उपचारका क्रममा सातवटा सल्यक्रिया गर्दा दुईवटा निःशुल्क गरिएको र अन्य उपचार खर्चमा पनि २० प्रतिशत छुट दिइएको बताए ।

गत जेठ १ गते काठमाडौंको रातोपुलमा उनकै श्रीमान विष्णु भुजेलले जेनीमाथि एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ४२ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।