धरान पछि सप्तरीमा पनि फैलियो डेंगुको संक्रमण | Khabarhub Khabarhub

धरान पछि सप्तरीमा पनि फैलियो डेंगुको संक्रमण


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा डेंगु रोगको संक्रमण फैलिदै गएको छ । जिल्लाको कञ्चनरुपपछि सप्तकोशी नगरपालिकामा पनि डेंगुको संक्रमण फैलिएको हो ।

सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको छ ।

निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए ।

उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको थियो ।

उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेंगु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत संक्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए ।

दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् । रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

डेंगुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ । डेङ्गु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : १३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय