फ्राइडे रिलिज – दयाहाङको ‘आप्पा’ र ऐतिहासिक फिल्म  ‘कीर्तिपुर’ हलमा | Khabarhub Khabarhub

फ्राइडे रिलिज – दयाहाङको ‘आप्पा’ र ऐतिहासिक फिल्म  ‘कीर्तिपुर’ हलमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा दुई चलचित्र रिलिज भएका छन् । नेपालभरका हलमा दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘आप्पा’ मा बाबुछोराको सम्बन्धलाई देखाइएको छ भने आजै रिलिज भएको चलचित्र ‘कीर्तिपुर’ तत्कालीन राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दाको कथालाई फिल्ममा उनिएको छ ।

‘आप्पा’ मा दयाहाङ राई, सिद्धार्थ राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका छ । अनमोल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले बिहीवार गरेको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।

यस्तै ऐतिहासिक विषयवस्तुमा निर्माण गरिएको फिल्म ‘कीर्तिपुर’ मा यशराज गराज, हिसिला महर्जन, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

अनन्तकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : १३ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको