अमेरिकामा पढ्न चाहनेलाई राजदूत बेरीको सुझाव : समय र परिश्रम धेरै लाग्छ, बुझ्न आउनुहोस् | Khabarhub Khabarhub

अमेरिकामा पढ्न चाहनेलाई राजदूत बेरीको सुझाव : समय र परिश्रम धेरै लाग्छ, बुझ्न आउनुहोस्


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अमेरिकी राजदूतसँग गफ गाफ’ कार्यक्रमको पहिलो अंक सार्वजनिक भएको छ । अध्ययनका लागि अमेरिका जान चाहनेहरुको जिज्ञासालाई समेट्ने गरी तयार पारिएको यो कार्यक्रमको अंकमा नेपाली विद्यार्थीको अमेरिकी शिक्षा प्रतिको मोह र त्यसका लागि अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दूतावासले गर्ने सहयोगका विषयमा सल्लाह दिइएको छ ।

यो कार्यक्रमको प्रोमोका रुपमा सार्वजनिक गरिएको ३४ सेकेन्डको भिडियोमा पनि अमेरिकी शिक्षा तथा भिसा प्रक्रियाका विषयलाई देखाइएको छ । जुन भिडियोमा प्राचीले अमेरिकी शिक्षाका लागि भिसा प्रक्रियाका विषयमा अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोधेको प्रश्नमा निक्कै गज्जबले जवाफ दिएका छन् ।

‘अमेरिकामा पढ्न चाहने विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?’ भन्ने प्राचीको प्रश्नमा राजदूत बेरीले भनेका छन्, ‘प्राचीजी, प्रश्नका लागि धन्यवाद । अधिकांश विद्यार्थीहरुले शुरुमै अध्ययन भिसा बारे सोध्छन् । जबकि वास्तवमा अमेरिकामा अध्ययन गर्ने प्रक्रियाको तयारी गर्नकै लागि निक्कै समय र परिश्रम लाग्छ । यदी तपाईं सम्भावित विद्यार्थी हो भने, तपाईंलाई अमेरिकी दूतावासमा रहेको हाम्रो अमेरिकन सेन्टरमा आउन र हाम्रा अमेरिकी शिक्षा सम्बन्धि काम गर्ने सल्लाहकारसँग भेट्न प्रोत्साहित गर्दछु । ता कि तपाईंलाई अमेरिकामा अध्ययन गर्ने सम्बन्धी परीक्षा र तयारी बारे सही सूचना मिलोस।

अहिले अमेरिकाका ४ हजारभन्दा बढी कलेज र विश्वविद्यालयमा विश्वभरमा विद्यार्थी अध्ययनका लागि पुगेको दाबी गर्दै दूतावासले अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ ।

यसरी अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या बढ्सँगै सबैको एउटै जिज्ञासा हुने भएकाले सोही जिज्ञासालाई सम्बोधन गर्ने गरी नेपालस्थित अमेरिकी दूतावासले ‘गफगाफ’ शीर्षकमा कार्यक्रम तयार पारेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : २५ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा