श्रीलंका बम आक्रमणका प्रमुख योजनाकारका दाजुभाइ र बुवा पनि मारिए | Khabarhub Khabarhub

श्रीलंका बम आक्रमणका प्रमुख योजनाकारका दाजुभाइ र बुवा पनि मारिए


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा २ सय ५३ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणका मुख्य योजनाकार मानिने इस्लामिक अतिवादी मोहम्मद जहरान हासिमका बुवा तथा दुई दाजुभाइ सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् ।

श्रीलंकाली अधिकारीका अनुसार सुरक्षाकर्मीले शुक्रबार उनीहरुको घरमा छापा मारेपछि भीडन्त हुँदा मोहम्मद जहरान हासिमका दाजुभाइहरु जइनी हासिम र रिलवान हासिम तथा उनका बुवा मोहम्मद हासिमको ज्यान गएको हो ।

शुक्रबार सुरक्षाकर्मीको कारवाहीमा १५ जनाको ज्यान गएकोमा मारिनेमा उनीहरु पनि रहेको जनाइएको छ । जहरान हासिमका बाबु तथा दाजुभाइहरु पनि इस्लामिक अतिवादी गतिविधिमा संलग्न रहेको र उनीहरुले पनि आफ्ना समर्थकलाई इसाई तथा अन्य गैर इस्लामिक निशानालाई लक्षित गरी आक्रमण गर्न आह्वान गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो साताको आइतबार इष्टर सन्डे मनाउन भेला भएका इसाईलाई लक्षित गरी राजधानी कोलम्बो, पूर्वी शहर बाटिकाओला र कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरका गिर्जाघर र होटेललाई लक्षित गरी गराइएका बम आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : १२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड