मेस्सी नायक बन्दा बार्सिलोनाले जित्यो ला–लिगाको २६ औं उपाधि | Khabarhub Khabarhub

मेस्सी नायक बन्दा बार्सिलोनाले जित्यो ला–लिगाको २६ औं उपाधि


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस महारथी बार्सिलोनाले २६ औं स्पेनिस ला लिगाको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनको शीर्ष लिगको उपाधि उचालेको हो ।

लेभान्टेविरुद्ध दोस्रो हाफमा सब्स्टीच्युट भएका कप्तान लियोनल मेस्सीले गोल गर्दे उपाधि दिलाएका हुन् । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले अघि रहेको बार्सिलोनाले २६ औं उपाधि हासिल गरीरहँदा कप्तान लियोनल मेस्सी नायक बने । आउँदो बुधबार च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलसँग खेल्न लागेको बार्सिलोनाका कप्तान बेञ्चमा रहँदा पहिलो हाफसम्म बार्सिलोनाले गोल गर्न नसकेपछि उनी मैदान प्रवेश गरेका थिए ।

यो सिजनमा मेस्सीले ला लिगामा ३४ गोल गरेका छन् । योसँगै च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोनालाई रोक्न पहिले कप्तान मेस्सीलाई रोक्नु पर्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ०७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम