‘एभेन्जर्स: इन्ड गेम’ हेर्नुपर्ने ५ कारण | Khabarhub Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ हेर्नुपर्ने ५ कारण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विश्वभर चर्चित बनेको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ को नेपालमा पनि क्रेज देखिएको छ । यो फिल्मले छिमेकी दुई देश भारत र चीनमा पनि गज्जबको व्यापार गरिरहेको छ । काठमाडौंका दर्शकमाझ फिल्मको क्रेज उत्तिकै बढिरहेको छ ।

यो फिल्म हेरेका दर्शकले फिल्मको निकै तारिफ गरिरहेका छन् । यदि तपाईंले अझै यो फिल्म हेर्न पाउनुभएको छैन भने यसकारण यो सिनेमा हेर्नुभए हुन्छः

फिल्मको जबरजस्त कथा

यो फिल्मको कथा निकै नै रोचक छ । यसमा ड्रामा, कमेडी र एक्सनका साथसाथ भरपूर इमोशन पनि छ । भावना त यतिसम्म छ कि, कसैलाई फिल्मको कथाले मनसम्म छुन्छ । कहानीमा कैयन् ‘टर्न एण्ड ट्वीस्ट’ छन्, जसले दर्शकलाई जतिबेला पनि अलर्ट रहन बाध्य बनाउँछ ।

सुपरहिरोको भरमार

फिल्ममा कैयन् सुपरहिरो छन्, फिल्ममा कैयन् सुपरहिरोलाई एकसाथ जम्मा गरिएको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, थोर, हल्क, ब्ल्याक विडो, आन्ट म्यान, क्याप्टेन मार्भलको धमाकेदार इन्ट्री छ । रुसो ब्रदर्शले कहानीलाई कसरी अगाडि ल्याउँछन् भन्ने त धेरैलाई याद नै छ । यी दुईको काममा अझै निखारता आएको छ ।

स्पेशल इफेक्ट

फिल्ममा स्पेशल इफेक्ट कतिसम्म छ भन्ने कुरा हेरेर साध्य छैन । थ्रीडी भर्सनमा यो फिल्म अझै कमालको लाग्छ । क्लाइमेक्समा हुने दृश्यले पनि दर्शकलाई छुन्छ । फिल्मको सम्पादन र सिनेमाटोग्राफी शानदार छ । निर्देशक एन्थनी रुसो र जो रुसोले हरेक दृश्यलाई उत्कृष्ट बनाएका छन् ।

जबरजस्त निर्देशन

निर्देशक एन्थनी रुसो र जो रुसो दुवै निर्देशनमा खरो रुपमा उत्रिएका छन् । पछिल्लो फिल्मको तुलनामा यी दुई अझै अगाडि उत्रेका छन् ।

फिल्ममा कहानीका अनुसार कलाकारलाई सही तरिकाले प्रस्तुत गरिएको छ । लोकप्रियताका आधारमा स्थान दिइएको छैन । तीन घण्टाको यो फिल्म लामो भने लाग्दैन । बरु छोटो लाग्छ ।

एभेन्जर्स सिरिजको अन्तिम फिल्म

यो फिल्म एभेन्जर्स सिरिजको अन्तिम फिल्म भएकाले पनि धेरैको चासोको विषय बनेको छ । ११ वर्षदेखि चलिरहेको एभेन्जर्स सिरिज हेरिरहेका दर्शकलाई यसको अन्त्यको लामो समयदेखि प्रतीक्षा थियो । यो फिल्मले पनि दर्शकको मन जितेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ०७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत