नेकपाले प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने, वरीयता मिलाउन ओली प्रचण्डलाई दबाब | Khabarhub Khabarhub

नेकपाले प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने, वरीयता मिलाउन ओली प्रचण्डलाई दबाब


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ। पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको नयाँ पत्रिकामा खबर छ।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए। वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ।

पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन्। सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन्। तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुवै समूहबाट साविक पोलिटब्युरोमा रहेका बाहेक वरिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसके पनि प्रदेश पदाधिकारी सबैलाई समेट्ने/नसमेट्ने विषयमा छलफल बाँकी नै रहेको बताए। ‘त्यसबारे (प्रदेश पदाधिकारी सबैलाई) समेट्ने कि नसमेट्ने थप विषयमा केही पनि छलफल भएको छैन,’ श्रेष्ठले भने, ‘सबै सचिवालय बैठकबाटै अन्तिम टुंगो लाग्नेछ।’

प्रदेश पदाधिकारीमध्ये वरिष्ठताको मापदण्डअनुसार सदस्य भीम आचार्य, सावित्रीकुमार काफ्ले, देवराज घिमिरे, सुरेश राई, सत्यनारायण मण्डल, विश्वनाथ शाह, प्रभु शाह, अष्टलक्ष्मी शाक्य स्वतः पोलिटब्युरोमा पर्नेछन्। त्यस्तै, हितबहादुर तामाङ, नारायण दाहाल, पृथ्बीसुब्बा गुरुङ, खगराज अधिकारी, शंकर पोखरेल, दलबहादुर राना, जगप्रसाद शर्मा, जनार्दन शर्मा, यमलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, भीम रावल, लक्ष्मण जोशी र कर्णबहादुर थापा पनि स्वतः पोलिटब्युरो सदस्य हुँदै छन्। साविक सचिवलाय सदस्य नरहे पनि पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती वरिष्ठताकै मापदण्डअनुसार पोलिटब्युरोमा समेटिनेछन्।

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा शीर्षकको समाचारमा नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन्। बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ। यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन्।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो। ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ।’

त्यस्तै रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी शीर्षकको समाचारमा सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले १९ दिनसम्म पनि सरकारले डाक्टर र औषधि पठाएको छैन, किनकि जनतालाई औषधि पुर्‍याउन सरकारसँग हेलिकोप्टर छैन । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन्। तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ। तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन। परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन। फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ।’

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन। जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन्। ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए। गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए। उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए। मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ। पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : १५ बजे

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध