सन्दीपले तेस्रो खेल खेल्ने सम्भावना, दिल्लीले सार्वजनिक गर्‍यो भिडियो | Khabarhub Khabarhub

सन्दीपले तेस्रो खेल खेल्ने सम्भावना, दिल्लीले सार्वजनिक गर्‍यो भिडियो


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले दुई खेल खेलिसक्दा सन्दीप लामिछाने टीममा पर्न सकेका छैनन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले शुरुवातमै मैदानमा उतार्ने विश्वास नेपाली क्रिकेट समर्थक र विश्लेषकले गरेपनि त्यसो हुन सकेको छैन ।

पहिलो खेलमा सन्दीप मुम्बईविरुद्ध मैदान उत्रिने अधिकाशंको अनुमानलाई गलत सावित गर्दै दिल्लीले उनलाई पवेलिनमै राख्ने निर्णय गर्यो । त्यस्तै, चेन्नई सुपर किङ्सविरुद्धको दोस्रो खेलमा पनि सन्दीपले अवसर पाउने आधारहरु विश्लेषकले प्रस्तुत गरिरहँदा दिल्लीले मैदानमा उतारेन ।

आईपीएलमा दिल्लीले खेलेका दुई खेलमा एक जीत र एक हार बेहोरेको छ । पहिलो खेलमा जीते हात पारेको दिल्लीले दोस्रो खेल घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा पराजित भएको हो ।

उक्त खेलमा सन्दीप प्लेइङ ११ मा नपर्दा अर्का स्पिनर अमित मिश्रा मैदान उत्रिएका थिए ।

दोस्रो खेलमा दिल्ली पराजित भइसकेपछि कतिपयले दिल्लीले स्पिनरमा जोड दिनु पर्ने बताउँदै आइरहेका छन् । त्यसोत, कतिले ब्याटिङलाई नै बलियो बनाउँदै बलिङ रणनीति बनाउनु पर्ने सुझाव दिँदै आइरहेका छन् ।

लगातार दुई खेल सकिँदा दिल्लीले नेपाली लेग स्पिनरलाई सामाजिक सञ्जालमा ‘मार्क’ गरेको थिएन् । दिल्लीले पछिल्लो पटक सन्दीपले घडी हेरिरहेको तस्वीर सार्वजनिक गरेको थियो । मुम्बईविरुद्धको खेल अगाडि सार्वजनिक भएको उक्त तस्वीरमाथि नेपाली खेल समर्थक र विश्लेषकले सन्दीप मैदान उत्रिने आधार प्रस्तुत भएको विश्लेषण गरेका थिए । तर, त्यसो हुन नसकेन ।

अब, दिल्लीले आफ्नो तेस्रो खेलको दुई दिन अगाडि विहीवार(आज) एक भिडियो सार्वजनिक गरेको छ । जसमा सन्दीप अभ्यास स्थलमा देखिन्छन् । गाइडले सन्दीपलाई क्याच गर्न बल फ्याकिरहेका छन् । आकाश तिर उडाइएको उक्त बल क्याच गर्न सन्दीप पछाडि दैडिँदै उक्त बल क्याच गर्छन् ।

उक्त भिडियोको क्याप्सनका रुपमा दिल्लीले भनेको छ “यदि तपाई सन्दीप लामिछाने होइन भने पछाडि दौडिएर क्याच लिने गाह्रो हुन्छ ।”
अभ्यासमा रहँदा सन्दीप निकै असिन पसिन भएको देखिन्छ । जसमा उनी पसिनाले भिजेको प्रष्ट देखिन्छ ।

उक्त भिडियोमाथि सन्दीपका नेपाली तथा विदेशी फ्यानहरुबीच बहस भइरहेको छ । कसैले दिल्लीले सन्दीपलाई किन खेलाएन भनेर प्रश्न गरिरहेका छन् भने केहीले दिल्लीले विश्व भरका लिगमा आफूलाई प्रमाणित गरिसकेका सन्दीपमाथि दिल्लीले विश्वास गर्न नसकेको टिप्पणी गरको छन् । यस्तै, कतियपले सन्दीप अभ्यासमा रहेको र आगामी खेलहरुमा मैदान उत्रिने आशा व्यक्त गरेका छन् । टीमहरुले आगामी खेलमा खेलाइने खेलाडीको तस्वीर र भिडियो आफ्नो फेसबुक र ट्वीटरमा सार्वजनिक गर्ने गरेका छन् ।

क्रिकेटको लोकप्रिय साइट इएसपीएनक्रिक इन्फोले बुधबार आईपीएएलका विश्लेषकहरुसँग कुरा गर्दा उनीहरुले पनि दिल्लीले सन्दीपलाई मैदान नउतारेकोमा आश्चर्य व्यक्त गरेका थिए ।

नेपाली लेग स्पिनर लामिछाने अस्ट्रेलियाको विग वासमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए भने पाकिस्तान सुपरलिगमा पनि उनको प्रदर्शन प्रसंशा योग्य थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १२ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन