अमेरिकी सेनाको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएको दाबी | Khabarhub Khabarhub

अमेरिकी सेनाको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएको दाबी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंकवादी संगठन इस्लामिक स्टेट इराक र सिरिया (आईएसआईएस)का प्रमुख अबु अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शनिबार उत्तर–पश्चिम सिरियामा भएको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएका हुन् ।

उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै लेखिएका समाचारहरुमा सैनिक कारबाहीमा आईससआईएसका ठूला नेता मारिएको र ती बग्दादी भएको दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईएसआईएसका प्रमुख मारिएको संकेत गर्दै ‘केही ठूलो काम भएको’ बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले भर्खरै ठूलो काम भएको बताएका छन् ।

आईसएआईएसका प्रमुख बग्दादी पछिल्ला ५ वर्षदेदि ‘भूमिगत’ थिए । पछिल्लो समय सन् २०१४ मा बग्दादीको एक भिडियो सार्वजनिक भएको थियो । उनी मोसुलको एक मस्दिमा गएको भिडियोमा देखिएको थियो ।

यसअघि पनि थुप्रैपटक बग्दादी सैनिक कारबाहीको निशाना बनेको खबरहरु सार्वजनिक भएका थिए । सन् २०१८ को फैब्रुअरी महिनामा अमेरिकी अधिकारीहरुले सन् २०१७ को मे महिनामा भएको सैनिक कारबाहीमा परेर बग्दादी घाइते भएका दाबी गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ३२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई