अस्ताए पर्यटन हस्ती शेर्पा | Khabarhub Khabarhub

अस्ताए पर्यटन हस्ती शेर्पा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले ताप्लेजुङको दारेढुङ्गामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।

यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए । उनले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए ।
यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहेका सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिए ।

शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गरेका थिए । उनको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । अन्ठाउन्न वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङग्मु जन्मिएका शेर्पाका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ५१ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले