रवीन्द्र अधिकारीले लेखेको त्यो चर्चित गीत– जोमसोमै बजारमा, १२ बजे हावा सरर... | Khabarhub Khabarhub

रवीन्द्र अधिकारीले लेखेको त्यो चर्चित गीत– जोमसोमै बजारमा, १२ बजे हावा सरर…


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार एयर डाइनास्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकोप्टरमा सवार सबैजनाको दुर्घटनामा निधन भएको छ ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको थियो ।

२०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावका थिए ।

२०४९ सालमा पृथ्वी नारायण क्याम्पस पोखराका स्ववियु सभापति बनेका अधिकारी २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए ।

राजनीतिका साथसाथै अधिकारी साहित्यमा पनि रुची राख्थे । उनले स्कूले जीवनमै आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेका थिए ।

त्यो चर्चित गीत

अधिकारी सहितको टोली २०४७ सालमा सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेको बेलामा गुनगुनाएको एउटा रचना गीतको रुपमा चर्चित बन्यो ।

सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेका अधिकारीसहितको टोली जोमसोममा बसेको थियो । मध्याह्न १२ बजे जोमसोममा ठूलो हावा चल्यो । हावा चलेपछि रवीन्द्रले कविता फुराए ।

जोमसोमे बजारमा
बाह्र बजे हावा सररर
ए हजुर घर हाम्रो पोखरा…

उनको त्यो कवितालाई अरु साथीहरुले पनि मन पराए र केही शव्द थपे । सोही गीतमा केही शव्द थप गरेर लयात्मक रुपमा नेपथ्यले गाएसँगै गीत एकाएक चर्चामा पुग्यो । २०५० साल तिर उक्त गीत चर्चाको शिखरमै पुगेको थियो ।

उक्त गीतका शव्द शुरुमा माया प्रेमभन्दा पनि क्रान्तिकारी शव्दहरु थिए ।

रवीन्द्र अधिकारीले अन्य धेरै गीतहरुको रचना गरेका थिए तर ती रचनाहरु गीतका रुपमा रेकर्ड गरिएनन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ०८ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा