भारत– पाकिस्तान तनाव : इमरानले बोलाए नेशनल कमाण्ड अथोरिटीको बैठक, के गर्ला निर्णय ? | Khabarhub Khabarhub

भारत– पाकिस्तान तनाव : इमरानले बोलाए नेशनल कमाण्ड अथोरिटीको बैठक, के गर्ला निर्णय ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानमा जैश ए मोहम्मदको शिविरमा निशाना बनाएसँगै भारत र पाकिस्तानबीच तनावको स्थिति उत्पन्न भएको छ ।

भारतीय हमलापछि पाकिस्तानबाट पनि कडा प्रतिक्रिया आएको छ र दुबैतिर सुरक्षा बैठक र प्रेस ब्रिफिङ जारी छ ।

भारत सरकारले भारतीय वायुसेननाको लडाकू विमानले पाकिस्तान भित्र पसेर जैश ए मोहम्मदको क्याम्पलाई धवस्त पारेको दाबी गरेको छ भने पाकिस्तानले उसको वायु सेनाले भारतीय विमानलाई खेदेको दाबी गरेको छ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार(आज) नेशनल कमाण्ड अथोरिटी (एनसीए) को बैठक बोलाएका छन् । यो बैठक निकै महत्वपूर्ण हुने र यसले महत्वपूर्ण फैसला लिने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

के हो एनसीए ?

यो पाकिस्तानको उच्च सैन्य मञ्च हो जहाँ देशको सरक्षा नीतिसँग जोडिएका ठूला फैसला लिने गरिएको छ । पाकिस्तानको परमाणु हतियारको सञ्चालन पनि एनसीएको फैसलामा हुने वगरेको छ ।

रणनीतिक रुपमा महत्वपूर्ण परमाणु तथा मिसाइल सम्बन्धी सबै नीतिगत विषयको निर्णय लिने वा उच्चतम प्राधिकरण एनसीए हो । साथै परमाणु र मिसाइल कार्यक्रमको रेखदेख पनि एनसीएले गर्छ ।

युद्ध र तनावको स्थितिमा एनसीए सेनाको परिचालन बारे पनि निर्णय लिन्छ ।

राजनीतिक तथा सैन्य नेतृत्व दुबै यसको हिस्सा हुन्छन् । प्रधानमन्त्री यसको प्रमुख हुन्छन् । स्थल, वायु तथा नौ सेनाको अध्यक्ष तथा रक्षा मन्त्री र विदेश मन्त्री यसको सदस्य हुन्छन् ।

मंगलबार विहान भारतीय वायु सेनाका विमानले पाकिस्तानसँगको लाइन अफ कन्ट्रोल पार गरेको र पाकिस्तानी आकाशबाटै बम बर्साएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हमलामा जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त भएको र कम्तीमा ३ सय ५० आतंकवादी मारिएको दाबी भारतको रहेको छ । तर पाकिस्तानले भने पाकिस्तानमा क्षति भएको भन्ने भारतीय दाबीको खण्डन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ०२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम