पञ्चेश्वरको ‘डिपिआर’ बनाउन विज्ञहरुको बैठक आज बस्दै | Khabarhub Khabarhub

पञ्चेश्वरको ‘डिपिआर’ बनाउन विज्ञहरुको बैठक आज बस्दै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पञ्चेश्वर बहुद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पार्न नेपाल भारतका विज्ञहरुको तेस्रो बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ सचिव नेतृत्वको टोली सहभागि हुनेछ । २ दिनसम्म चल्ने बैठकले पञ्चेश्वर बहुद्देशीय आयोजनाको डिपिआरलाई अन्तिम रुपम दिने विषयमा छलफल केन्द्रित हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए ।

सहसचिव बेल्बासेका अनुसार यसअघि २ बैठक सम्पन्न भइसकेका छन् । आजबाट शुरु हुने बैठकले डिपिआरलाई अन्तिम रुप दिन नेपाल र भारतबीच सहमति हुन नसकेका १ सय ३० विषयलाई टुंग्याउने कोशिस गर्ने उनले बताए ।

लामो समयसम्मको छलफलबाट पञ्चेश्वर आयोजना सञ्चालन नेपाल र भारत दुवै देशका अधिकारी सहमत भएको तथा यो विषय पटकपटक संसदमा पनि उठेको भएकाले नेपालका पक्षमा नै आयोजना सञ्चालन हुनेमा आफू विश्वस्त रहेको बेल्बासेले बताए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (मंगलबार) उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उर्जामन्त्रालयका सचिव तथा अन्य कर्मचारीलाई बोलाएर पञ्चेश्वरको डिपिआर नेपालीलाई हीत हुने पक्षमा बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले विज्ञहरुसँगको छलफलमा नेपालका तर्फबाट खुलेर कुरा राख्न आग्रह गर्दै नेपालको हीतलाई ध्यानमा राखेर डिपिआर निर्माणको काममा सहभागि हुन निर्देशन दिएको छलफलमा सहभागि सहसचिव बेल्बासेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको दोधारा चाँदनी सिँचाईका लागि भारतले १० घनमिटर प्रतिसेकेण्ड अर्थात् ३ सय ५० क्यूसेक पानी उपलब्धध गराउने सहमति जनाएकोमा त्यसलाई यथासम्भव छिटो कार्यान्वयन गराउन पहल गर्न पनि निर्देशन दिएका छन् ।
२ देशका विज्ञहरुको बैठक बिहीबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा