प्रियंका चोपडाले खुलाइन् निक जोनसको ‘टप सेक्रेट’ बानी | Khabarhub Khabarhub

प्रियंका चोपडाले खुलाइन् निक जोनसको ‘टप सेक्रेट’ बानी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि फिल्म ‘द स्काइ इज पिंक’ को प्रचारमा व्यस्त छिन् । यसै अवसरमा उनले मिडियामा अन्तर्वार्ता दिइरहेकी छिन् । अन्तर्वार्ताका क्रममा उनले आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।

अन्तर्वार्ताका दौरान प्रियंकाले आफ्ना पति तथा कलाकार निक जोनसका बारेमा पनि कैयन् राज खोलेकी छिन् । चोपडाले एक अन्तर्वार्ताका क्रममा निक जोनस भित्री मनदेखि पूर्ण रुपमा पञ्जावी भएको बताइन् । ‘जब निक पहिलोपटक यहाँ (भारत) आएका थिए, यो देश खुब मन पराएका थिए,’ उनले भनिन् ।

साथै प्रियंकाले निक जोनस स्टेजमा जानुभन्दा पहिले के गर्छन् भनेर पनि खुलाइन् । उनका अनुसार निकले स्टेजमा जानुभन्दा पहिले पञ्जावी गीत सुन्ने गरेको खुलाइन् । उनले ड्रेसिङ रुपमा पनि बलिउडका गीत सुन्ने गरेको उनले सुनाइन् ।

प्रिय‌ंका र निकको जोडी बलिउड र हलिउडमा समेत रुचाइएको जोडी मानिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : १९ बजे

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ