बसपार्कमा अग्रिम टिकट काट्नेको भीड कायमै, व्यवसायी भन्छन्– टिकट सकियो ! | Khabarhub Khabarhub

बसपार्कमा अग्रिम टिकट काट्नेको भीड कायमै, व्यवसायी भन्छन्– टिकट सकियो !


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट आइतवारदेखि नै खुलाएको थियो । तर दशैंका लागि टिकट बुकिङ खुलेको ५ दिन बितिसक्दा पनि सर्वसाधरणले सहज रुपमा टिकट लिन सकेका छैनन् ।

टिकट लिनका लागि सहज वातावरण भएको बताइएपनि बसपार्क भित्रको अवस्था भने निकै फरक छ । घण्टौंसम्म लाइनमा बस्नु परेको र लाइन व्यवस्थित नभएको बताउँछिन् बुटवलकी सरिता कटुवाल ।

‘महिला र पुरुषको लाइन एउटैमा हुँदा हामीलाई असहज भएको छ’ उनले भनिन्, यस्तो कुरा त व्यवस्थित गर्नुपथ्र्यो नि’ । उनी दिउँसो १२ बजेदेखि टिकट लिन बसपार्कको लाइनमा बसेको बताउँछिन् ।

कल्पनाकै छेउमा रहेकी अर्की महिलाको पीडा पनि उस्तै छ । गर्भवती अवस्थामा रहेकी ती महिलालाई लाइनमा बस्न कठिन भएको प्रस्टै देखिन्थ्यो ।

‘बसपार्क जस्तो ठाउँमा टिकट लिनका लागि अग्रीम बुकिङ खुलाइसकेपछि हरेक कुरामा व्यवस्थित हुनुपर्छ’ उनी भन्छिन्, ‘म जस्ता थुप्रै गर्भवती महिलाहरु समेत लाइनमा बसेर टिकट लिइरहेका छन्’ ।

उनी मात्र होइन, शारीरिक रुपमा अशक्त व्यक्तिहरु समेत टिकट बुकिङका लागि लाइनमा बसेका छन् । उनका अनुसार अपाङ्गता र गर्भवती अवस्थामा रहेका महिलाहरुका लागि छुट्टै व्यवस्था हुनुपर्ने हो ।

बसपार्कमा टिकट बुकिङका लागि आउने अधिकांशको गुनासो एउटै छ ‘घण्टौं उभिएर टिकट लिनुपर्ने नियम कहिले अन्त्य होला’ ।

यात्रु सहायता कक्ष

महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागले अग्रीम टिकट खुलेकै दिनबाट उपत्यकाका १६ वटा स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका छन् ।

तर, सर्वसाधरणले भने सहायता कक्षमा गएर सोधपुछ र गुनासो गर्ने गरेका छैनन् ।

त्यसो त महाशाखाका एसएसपी भीमप्रसाद ढकालले सहायता कक्षका कर्मचारीहरु वरीपरी निरीक्षण गर्ने र कुनै पनि कुरामा यात्रुले सास्ती खेप्नु नपर्ने बताएका थिए । तर सर्वसाधरणले विगतका वर्षहरुमा झैं यो वर्षमा पनि घण्टौं लामो लाइनमा बसेर टिकट लिइरहेका छन् ।

केही दिनअघि एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक गोगनबहादुर हमालले भनेका थिए ‘सर्वसाधरणले आफु जाने स्थानको टिकट पाउन नसकेमा सहायता कक्षमा गएर गुनासो गर्न सक्नेछन्’ ।

शुक्रवार दिउँसो नयाँ बसपार्क भित्र रहेको सहायता कक्ष खाली थियो । सहायताका लागि आउने सर्वसाधारण नै थिएनन् ।

करिब ५० हजारले लिए टिकट

नयाँ बसपार्कबाट पाँच दिनको अवधिमा करीब ५० हजारले टिकट काटेका छन् ।

आइतवार १४ हजार ३ सय ८०, सोमवार ७ हजार ८ सय ९०, मंगलवार १० हजार ७ सय ८० र बुधवार ६ हजार ५ सय ७० वटा र बिहीवार ६ हजार ४ सय ५७ वटा टिकट विक्री भएको छ । शुक्रबारसमेत गरेर ५० हजार कट्ने महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कले जनाएको छ ।

छुटेका बसलाई समयमै आइपुग्न कठिन

अग्रिम टिकटका लागि १२ गते देखि १७ गतेसम्मका लागि बुकिङ भइसकेको छ । बुधवारसम्म ३ सय ५० वटा सार्वजनिक बसहरु नयाँ बसपार्कबाट छुटेका थिए भने बिहीवार डेढ सय वटा बस थपिएर ५ सय बसहरु यात्रु लिएर बसपार्कबाट छुटेका छन् ।

‘सर्वसाधरण टिकट बुकिङका लागि आइरहेका छन् टिकट १७ गतेसम्मका लागि सकिसकेको छ’ एक कर्मचारीले खबरहबसँग भने ‘सडकका कारण बसपार्कबाट छुटेका बसहरु भोलिपल्ट बसपार्कमै आइपुग्ने अवस्था छैन’ ।

दशैंको टिका असोज २१ गते रहेको छ । त्यसैले २० गतेसम्म यात्रुहरु उपत्यका बाहिर जानका लागि टिकटको खोजी गरिरहेका छन् । तर बसपार्कमा भने १७ गतेसम्मको लागि टिकटसकिएको व्यवसायीहरु बताउँछन् ।

काठमाडौंबाट छुटेका गाडीहरु फर्किने र त्यही गाडीको टिक काट्नु पर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाइ छ । तर सडकको दूरावस्था, जामका कारण टिकट काटिएको दिनमा गाडी आउँछ कि आउँदैन भन्ने चिन्ता रहेकोले १७ गतेपछिलाई टिकट नकाटिएको बसपार्कको टिकट काउन्टरमा रहेका एक व्यवसायीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : १७ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका