सायनको ‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य, महेशराज पन्तलाई पद्मश्री साधना सम्मान | Khabarhub Khabarhub

सायनको ‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य, महेशराज पन्तलाई पद्मश्री साधना सम्मान


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई वर्ष २०७५ को पद्मश्री पुरस्कार अर्पण गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै सो संस्मरणलाई पुरस्कार दिने जनाएको हो ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जगेर्ना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रुपैयाँ २–२ लाख रहेको छ । खेमलाल हरिकला छामिछाने प्रतिष्ठानले वर्षभरि नेपाली साहित्यका प्रकाशन भएका पुस्तकमध्ये कुनै एक पुस्तकलाई उत्कृष्ट मान्दै पद्मश्री साहित्य पुरस्कारले सम्मान गर्ने गर्छ ।

वि.सं. २०६३ सालदेखि अर्पण गरिँदै आएको यो सम्मान गत वर्ष साहित्यकार नयनराज पाण्डेको संस्मरण ‘यार’ लाई प्रदान गरिएको थियो भने डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मानबाट सम्मान गरेको थियो ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ३ : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका