सायनको ‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य, महेशराज पन्तलाई पद्मश्री साधना सम्मान « Khabarhub

सायनको ‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य, महेशराज पन्तलाई पद्मश्री साधना सम्मान


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई वर्ष २०७५ को पद्मश्री पुरस्कार अर्पण गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै सो संस्मरणलाई पुरस्कार दिने जनाएको हो ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जगेर्ना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रुपैयाँ २–२ लाख रहेको छ । खेमलाल हरिकला छामिछाने प्रतिष्ठानले वर्षभरि नेपाली साहित्यका प्रकाशन भएका पुस्तकमध्ये कुनै एक पुस्तकलाई उत्कृष्ट मान्दै पद्मश्री साहित्य पुरस्कारले सम्मान गर्ने गर्छ ।

वि.सं. २०६३ सालदेखि अर्पण गरिँदै आएको यो सम्मान गत वर्ष साहित्यकार नयनराज पाण्डेको संस्मरण ‘यार’ लाई प्रदान गरिएको थियो भने डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मानबाट सम्मान गरेको थियो ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ३ : २६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल