सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नु पर्छ– रावल | Khabarhub Khabarhub

सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नु पर्छ– रावल


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने/नगर्ने बारेमा भन्न सकिने बताए ।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।

उनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ११ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार