स्वतन्त्रता दिवसको कार्यक्रममा भागदौड मच्चिदा म्याडागास्करमा १६ जनाको मृत्यु | Khabarhub Khabarhub

स्वतन्त्रता दिवसको कार्यक्रममा भागदौड मच्चिदा म्याडागास्करमा १६ जनाको मृत्यु


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिदा पूर्वी अफ्रिकी देश म्याडागास्करमा १६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेड हेर्न महामसिना रंगशालामा हजारौंको संख्यामा सर्वसाधारण उपस्थित थिए ।

सैनिक परेड सकिएपछि रंगशालामा भागदौड मच्चिएको जनाइएको छ । घटनामा अन्य ७५ जना घाइते भएका छन् ।

म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित थिए । उनीहरु दुबैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गरेका छन् ।

राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।

केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित म्याडागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ११ : ४० बजे

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष