नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित | Khabarhub Khabarhub

नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित राइस अवार्डबाट सम्मानित भएकी छिन् ।

वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा नेपाली चेली कन्चनलाई उक्त सम्मान प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व एवं नवीन पद्धतिको भूमिका निर्वाहका लागि उनलाई  सो अवार्डसहित सम्मान गरिएको जनाइएको छ ।

विश्वका हजार भन्दा बढी उच्चस्तरीय व्यावसायीहरुको भेलामा अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । अवार्डका लागि ब्राजिल, कम्बोडिया, क्यानडा, एल साल्भाडोर, भारत, नाइजेरिया लगायत २२  राष्ट्रका प्रतिनिधिहरु सहभागी थिए ।

उनी अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रदान गर्दै आएको ‘प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड–२०१७’ द्वारा समेत सम्मानित भएकी थिइन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ५० बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले