मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो छ तौल घटाउने २५ उपाय | Khabarhub Khabarhub

मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो छ तौल घटाउने २५ उपाय


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मोटोपना बढेर तपाईं हैरान हुनु भएको छ ? यदी छ भने हामी यहाँ मोटोपना घटाउने विभिन्न उपायहरुको खोजी गरेर प्रस्तुत गरेका छौं ।

१. हामी एक दुई सातामा नै आफ्नो तौल घटाउन चाहान्छौ । तर बर्षाै देखि लागेको शरीरको तौल एक दुई सातामा नै घट्न सक्दैन । त्यसैले तौल कम गर्न चाहिने धैर्यता र शारिरीक मेहनत गर्नुपर्छ ।

२. तौल घटाउन चाहिने सबैभन्दा महत्वपुर्ण कुरा भनेको आफू माथिको विश्वास हो । नियमित शारीरीक अभ्यास वा मेहनत गर्दा पनि केहि दिन वा केहि सातामा नजिता देखिएन भने पनि आफ्नो विश्वास कम हुन नदिनुहोस् । लगातार आफ्नो विश्वास बनाइराख्नुहोस् ।

३. तपाई आफुलाई कस्तो बनौं भन्ने लागेको छ, सोहि अनुसारको एक तस्बिर तपाई सुत्ने वा दैनिक बस्ने कोठामा लगाउनु होस् । यसले तपाई त्यस्तै बन्नका लागी अनुसरण गर्न मद्दत पुर्याउनेछ ।

४. खाजा वा खानापछि पानी पिउने बानि बसाउनु होस् । यसको मतलब खाजासंगै पानी पिउने भन्ने होइन । बिहान दिउँसो वा अरुबेला नियमित पानी पिउनुहोस् । चिसो पेय, चिया, कफि वा काब्रोहाइड्रेडयुक्त जुस नपिउनुहोस् ।

५. मोवाइमा तपाईको दैनिक हिडाई, पाइला चलाई तथा तपाईको दैनिकी जनाउने एप्सिकेसन डाउनलोड गरी यसको प्रयोगमा बढावा दिनुहोस् । यसले तपाईले हिँड्न, दौडन र शारीरीक ब्यायाम गर्न मद्दत गर्छ ।

६. आफुले खाने वस्तु र विषयमा डायरी बनाउनुहोस् । आफुले कति बजे खाजा खाने, के खाने कति खाने सबै लेख्नुहोस् । यसले तपाईको खानालाई नियन्त्रण गर्दछ ।

७. दैनिक खाना खाँदा क्यालोरीको मात्रा थप्नुहोस् । तौल नियन्त्रण गर्न शरीरमा मेहनत आवश्यक हुने भएकाले क्यालोरीको मात्रा पर्याप्त हुन आवश्यक छ ।

८. खाना वा खाजा खादाँ पटक पटक खानुहोु् तर कम खानुहोस् । अर्थात दैनिक ४/५ पटक खाने तर खानाको मात्रा कम गर्ने । यसरी धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निस्कने र ब्लड सुगर सही हुने गर्दछ ।

९. शरीरको वजन घटाउन चाहाने मानिसले दैनिक ४५ मिनेट हिड्न अनिवार्य छ । यसले शरीरमा भएका अनावश्यक पोषणको सदुपयोग हुन पुग्छ । यदि तपाई दैनिक १ घण्टा हिड्नु भयो भने बिना मेहनत वजन घट्न सक्छ ।

१०. बिहान सबेरै उठ्ने बानी बसाउनुहोस् । राति ९ बजे पछि अनिवार्य सुत्ने र बिहान ५ बजे उठ्ने बानी बसाएमा शरीरलाई पुर्ण आराम मिल्नुका साथै विहान उठ्न समेत मद्दत गर्छ ।

११. यदि तपाई केहि घट्नु भयो भने आफ्नो खुकुलो कपडा लगाउन छाड्नुहोस् । बरु टाइट कपडा लगाएर यसभित्र आफुलाई फिट गर्नुछ भने आफ्नो मानसिकता तयार पार्नुहोस् । यस सोचले धेरै हदसम्म तपाईलाई वजन घटाउन सहयोग गर्छ ।

१२. खाना वा खाजा खादाँ सकेसम्म साना प्लेट प्रयोग गर्नुहोस् । यसले भोक लागेपनि कम खानुपर्छ भन्ने सोचको विकाश गर्छ । त्यसैले कम खाना खान सानो थाल वा प्लेट नै उपयोगी हुन्छ ।

१३. कोठामा ठुलो ऐना राख्नुहोस् । यसले तपाई दैनिक आफ्नो शरीरलाई प्रष्ट देख्न पाउनु हुन्छ । जसले गर्दा मोटाएर भद्दा भएको शरीरले तपाईलाई घट्नुपर्छ भन्ने मानसिकता बनाउछ ।

१४. खाजा वा खाना खादाँ पानी बढी भएको खाने गर्नुपर्दछ । यसले खाजा वा खानाको परीकार बढि देखिने तर मात्रामा कम हुने भएकाले तपाईलाई घट्न मद्दत गर्छ ।

१५. चिया, कफि वा दुध पिउदाँ कम चिल्लो भएको दुध प्रयोग गन थाल्नुहोस् । कम चिल्लो भएको दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

१६. सकेसम्म नियमित घरमा नै खाना खाने बानि बसाउनुहोस् । बाहिरको खानामा बढी चिल्लोपदार्थ र क्यालोरी हुने भएकाले तपाईले महिनौं लगाएर घटाएको शरीर बाहिरको खानाका कारण फेरी मोटाउन सक्छ ।

१७. खाना वा खाजा खादाँ बिस्तारै मज्जाले चपाएर खाने बानि बसाउनुहोस् । चपाएर खाना खादाँ तपाईंको दिमागमा पेट भरिएको संकेत पुग्ने छ र तपाई कम खानुहुनेछ ।

१८. कतिपय अवस्थामा हामी भोक नलागी पनि खाने गरेका छौ । तर यो गलत हो । शरीरले मागेपछि मात्र खाने बानि बसाउनु राम्रो हुन्छ । तर यसो भन्दैमा चिन्ता वा अरुचि भएका बेला पनि नखाउनुहोस् भन्ने होइन । खाने समय भएपछि मात्र खानुहोस् ।

१९. केहि मानिस जुस खाएर घटिन्छ भन्ने सोच राख्दछन् तर जूस भन्दा फल खानु उत्तम हुन्छ । फलमा फाइबर र ठोस मात्रा हुने भएकाले यसले भोक कम गर्दछ ।

२०. दिउँसो सुत्ने बानि छ भने त्यसलाई अनिवार्य हटाउनुहोस् । वा रातिको ड्य्टि छ भने मात्र दिउँसो सुत्नुहोस् अन्यथा दिउँसो सुत्नु राम्रो होइन । र खाना खाने बित्तिकै नसुत्नुहोस् । कम्तीमा ४५ मिनेट टहलिने गर्नुहोस् ।

२१. साताको एकपटक पसिना निक्स्कने गरी शारीरीक काम गर्नुहोस् । जस्तै बारि खन्ने, सामान बोकेर सिढि तलमाथि गर्ने, घरको मज्जाले सरसफाइ गर्ने ।

२२. साँझको खाना खादाँ सकेसम्म कम खानुहोस् । दिनमा खाएको खानाको तुलनामा एक तिहाइ मात्र खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने भएकाले साझँको खाना मोटोपना बढाउने कारण बनिदिन्छ ।

२३. बिहान उठेर हिड्ने र घर आएपछि मज्जाले १५ मिनेट गित बजाएर नाच्ने बानि बसाउनुहोस् । यसो गर्नाले आफैलाई मनोरञ्जन प्रदान गर्नुको साथै शरीरका लागी निकै लाभदायक साबित हुनेछ ।

२४. बिहान उठेर मनतातो पानीमा कागती र मह प्रयोग गरी पिउने बानि बसाउनुहोस् । यसको सेवन गर्नाले केहि सातामा नै तौल कम हुन थाल्दछ ।

२५. बिहानको खाना खानु आधा घण्टा अघि ३ गिलास पानी पिउने गर्नुहोस् । यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै पानी पिएर खानाको समय २० मिनेट टारेर मात्र खानुहोस् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ३१ बजे

संसदमा कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा 

काठमाडौं– संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहरकारी ठगी प्रकरणमा

डेंगुबारे सचेतना जगाउन ‘खोज र नष्ट गर’ अभियान 

तनहुँ– तनहुँको व्यास नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज

‘कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो’

पछिल्लो समय नेकपा माओवादी केन्द्रले कांग्रेससँग सत्ता साझेदारी टुंग्याएर अर्को

गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (लाइभ) 

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री