पशुपतिनाथ दर्शनमा जाने अशक्त तथा वृद्धवृद्धलाई अब विद्युतीय सवारीको सुविधा | Khabarhub Khabarhub

पशुपतिनाथ दर्शनमा जाने अशक्त तथा वृद्धवृद्धलाई अब विद्युतीय सवारीको सुविधा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब पशुपति नाथको दर्शन गर्न जाने अशक्त तथा वृद्धवृद्धाले विद्युतीय सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् ।

भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको ‘लिथियम आयन’ ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन्।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूका लागि विद्युतीय सवारीसाधनहरू उपयोगी हुने बताइन् ।

उनले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरिन् । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतीय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाका लागि उपयोगी हुने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ३६ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको