अमेरिकी राजदूत बेरीले गरे ऐतिहासिक हनुमानढोका गद्दी बैठकको अवलोकन | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले गरे ऐतिहासिक हनुमानढोका गद्दी बैठकको अवलोकन


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ सालमा गएको विनासकारी भूकम्पका कारण भत्किएको हनुमानढोकास्थित ऐतिहासिक गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ ।

पुरातत्व विभाग, अमेरिकन दूतावास, काठमाडौं महानगरपालिका, हनुमानढोका कार्यालय लगायतको समन्वय र आर्थिक सहयोगमा गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको हो ।

गद्दी बैठकको पुनर्निणर्माण सम्पन्न भएसँगै अब चाँडै सर्वसाधारणका लागि समेत खुल्ला गरिने छ ।

ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएसँगै मंगलबार नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सचिव केदार अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायतले अवलोकन गरे ।

अबदेखि गद्दी बैठकको ठूलो हल निर्देशित भ्रमणको लागि खुला गरिनेछ भने भुइ तल्लामा पुराना कला र ऐतिहासिक सामाग्री सहितको एक संग्राहलय हुने जनाइएको छ ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षण कोषमार्फत झन्डै ९ लाख डलरभन्दा बढीको सहयोगमा गद्दी बैठक र सँगै जोडिएको सानो द्वारसहितको भवन पुननिर्माण गरिएको हो ।

अमेरिकी दूतावसले गद्दी बैठकको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

हनुमानढोका गद्दी पुनर्निर्माण भएसँगै यसले भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : २६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम