सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने | Khabarhub Khabarhub

सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल शिक्षाको शुल्कको विषयमा सरकार र मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएको छ ।

मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको हो ।

जसअनुसार निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।

शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए । मन्त्रिपरिषद बैठकले नै मेडिकल शिक्षाको शुल्क निर्धारण गर्ने गरेको भएपनि मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग बढी शुल्क उठाउँदै आएका थिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सतर्कता केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो । तर सरकारको अन्तिम अल्टिमेटम आज (मंसिर १० गते) सकिँदा पनि मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका थिएनन् ।

मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हिजै देखि मेडिकल कलेज सञ्चालक, त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका निकायसँग छलफल शुरु गरेका थिए ।

सरकारले यसअघि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्धामा कारबाही अगाडी बढाउने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : १५ बजे

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट 

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला