को हुन् विश्वका प्रमुख संशोधनवादी ? | Khabarhub Khabarhub

को हुन् विश्वका प्रमुख संशोधनवादी ?



मार्क्सवादको उदयले विश्व मानव समाजमा ठुलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो ।

मार्क्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, मार्क्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो ।

त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रुपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रुपमा संश्लेषण गर्नुभएको छ ।

यस लेखमा पहिले मार्क्सवादी बनेर मार्क्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर मार्क्सवादका कट्टर हिमायती मात्र होइन, प्रतिक्रियावादमा पतन भइसकेका प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरुको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छः

पिचेर जोसे प्रुधोँ (सन् १८०९–१८६५)

प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए । शुरूमा प्रुधोँ मार्क्सवादका कट्टर समर्थक थिए ।

मार्क्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा मार्क्सवादका प्रमुख आलोचक बने ।

मार्क्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए ।

उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले मार्क्सवादलाई ‘गरिबको दर्शन’ भनेका छन् भने मार्क्सले प्रुधोँको दर्शनलाई ‘दर्शनको दरिद्रता’ भन्नुभएको छ ।

प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।

लुई ओग्युस्टिन ब्लाङ्की (सन् १८०५–१८८१)

ब्लाङ्की फ्रान्सीसी युरोपियाई समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए ।

उनलाई दुईचोटि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए ।

उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरुले असफलता भोग्नुपरेको थियो ।

क्रान्तिकारी पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।

ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो । यो मार्क्सवाद विरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो ।

फ्रेडरिक एङ्गेल्सको मृत्यु पश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र मार्क्सवादका विरूद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् ।

पेरिस कम्युनमा त उनको बहुमत थियो । मार्क्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिकखण्डन गरेका थिए । ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरुको भूमिकामा जोड दिन्थ्यो ।

यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्दगर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर रुपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महत्वलाई अस्वीकार गर्दैथ्यो ।

यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरणगरेकै महान् पेरिस कम्युन असफल भएको तर्कपनि गरिएको पाइन्छ ।

मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (सन् १८१४–१८७६)

बाकुनिन रूसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले सन् १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए ।

युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छ ।

उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए । उनले मार्क्स र एङ्गेल्सको घनघोर विरोध मात्र गरेनन् कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए ।

सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।

फर्डिनान्ड लासाल

फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रुप र लासालवादका संस्थापक थिए अर्थात् मार्क्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए ।

उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आप्mनो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए ।

वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । मार्क्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।

एडवर्ड बर्नस्टिन (सन् १८५०–१९३२)

एडवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो इन्टरनेसनलको स्थापना गरिएको थियो ।

सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो । सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए ।

ती लेखहरुमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा मार्क्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए ।

फ्रेडरिक एङ्गेल्सको मृत्यु पश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र मार्क्सवादका विरूद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् ।

उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए ।

उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयम् वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए ।

यसैबाट नै क्रान्तिकारी मार्क्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रूसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर मार्क्सवादको ज्ञानको भण्डारमा थप योगदान पुर्‍याउनुभएको थियो र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।

मार्तोभ

मार्तोभ रूसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्तोभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो ।

लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्तोभले यसको सोझै विरोध गरेका थिए ।

पार्टी, सङ्गठन र पार्टी सदस्यहरुको अधिकारहरुका बारेमा लेनिनले अघि सार्नुभएका मार्क्सवादी मान्यतालाई मार्तोभपन्थीहरुले अस्वीकार गरेका थिए ।

सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरूद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर मार्क्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो ।

लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्तोभपन्थीहरुले लेनिनले अघि सार्नुभएका सबै मार्क्सवादी मान्यतालाई अस्वीकार गरेका थिए । लेनिन र मार्तोभका बीच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो ।

त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्तोभहरुले मेन्सेभिक पार्टी चलाए ।

लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् रूसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षसँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।

कार्ल काउत्स्की (सन् १८५४–१९३८)

कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए । शुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरुको प्रभावमा परेका थिए ।

दोस्रो इन्टरनेसनलको गठन (सन् १८८९) हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थदेखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए ।

संसदीय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता र मार्क्सवादी विरोधी थिए । सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।

अलेक्सान्द्रा एत्येन मिलेराँ (सन् १८५९–१९४३)

अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९ औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए ।

उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए । उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । सन् १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । सन् १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरुका कोटामा पर्दछन् ।

निकिता ख्रुश्चोभ (सन् १८९४–१९७१)

सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता/राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक)को २० औँ महाधिवेसनका आयोजना गरियो ।

त्यस महाधिवेसनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरु लगाए ।

त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे ।

उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरूद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर मार्क्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो ।

ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरूद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो ।

ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरुका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रुपमा खडा हुँदै आइरहेको छ ।

ल्यू शाओ ची (सन् १८९८–१९६९)

सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो ।

ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेसनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेस गरेका थिए ।

माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान् छलाङ भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध शुरू भएको थियो ।

पार्टीको आठौँ महाधिवेसनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजीवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे ।

माओले भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो ।

ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।

देङ शियाओ पिङ्

देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दसौँ महाधिवेसनपछि देङ शियाओ पिङ जस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती गरेको थियो ।

सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो ।

देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ३३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय