रवि रिहा भएपछि किशोर श्रेष्ठले भने- पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए ! | Khabarhub Khabarhub

रवि रिहा भएपछि किशोर श्रेष्ठले भने- पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए !


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् ।

उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दोषी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिएको बताएका छन् ।

पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रिहा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दोषी ठहरिएको बताएका छन् ।

पत्रकार श्रेष्ठले रविको मुद्दा अदालतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावितभएको समेत बताए ।

उनले आँखामा हत्यारा देखिएको, शालिकरामलाई कुटेर मारिएको हल्ला गलत सावित भएको दाबी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छानविनका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आज लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ४३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड