साइमेक्स इन्कले विद्युतीय कार बिवाईडी एम ३ सार्वजनिक गर्दै | Khabarhub Khabarhub

साइमेक्स इन्कले विद्युतीय कार बिवाईडी एम ३ सार्वजनिक गर्दै


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि विद्युतीय सवारी कम्पनी बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले नाडा अटो शोमा बिवाईडी एम३ कार सार्वजनिक गर्ने भएको छ ।

साइमेक्सले विज्ञप्ति जारी गर्दै राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट शुरु हुन लागेको नाडा अटो शोमा बिवाईडी एम३ विद्युतीय कार सार्वजनिक गर्न लागेको जनाएको हो ।

एम–३ मल्टिपर्पस भेइकलमा एनसीएनको ५०.३ किलोवाटको बेट्रि रहेको साइमेक्सले जनाएको छ । एकपटक चार्ज गरिसकेपछि यो कार ३१० किलोमिटर सम्म चल्ने बताइएको छ । एम–३ ७ सिट भएको तथा ५ सिट भएको दुई मोडेलमा उपलब्ध हुनेछ । ७ सिटको कारको मूल्य ४९ लाख नेपाली रुपैयाँ तथा ५ सिट भएको कारको मूल्य ४८ लाख तोकिएको छ ।

यसअघि साइमेक्सले बीवाईडी इ६ नामक विद्युतीय कार सार्वजनिक गरेको थियो । एक पटक पूर्ण रुपमा चार्ज भएको इ६ ४ सय किलोमिटरसम्म चल्न सक्छ । नेपाली बजारमा इ६ को मूल्य ६६ लाख नेपाली रुपैयाँ तोकिएको छ ।

साइमेक्सले विद्युतीय कार चार्ज गर्नका लागि मुलुकका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरुको पनि व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ११ स्थानमा चार्जिङ स्टेशनको निर्माण गरेको छ । उपत्यकाबाहिर नारायणगढ, हेटौंडा, लुम्बिनी, धुलिखेल, बर्दिबास, पोखरा, इटहरी, बिर्तामोड, बिराटनगरमा समेत चार्जिङ स्टेशनको निर्माण गरिसकेको छ ।

विद्युतीय सवारीको क्षेत्रमा बीवाईडी अग्रणी कम्पनी हो । पछिल्लो ४ वर्षयता बिवाईडी सर्वाधिक विद्युतीय सवारी साधन विक्री गर्ने संस्था भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड