बिहान खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन् « Khabarhub

बिहान खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर, यसको औषधीय गुणका विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । बिहान खाली पेटमा लसुन खाँदा झन् धेरै फाइदा हुन्छ । खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्-

उच्च रक्तचापबाट छुटकारा

विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत पुग्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

पेटका बिमारी हटाउन

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ । त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

मुटु हुन्छ स्वस्थ

लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणाली हुन्छ बलियो

खाली पेटमा लसुनको पोटी खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

धेरै रोगको निवारण

लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : २६ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी