काठमाडौं उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने « Khabarhub

काठमाडौं उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोमा विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको छ ।

आगााी ३० जुन देखि १० जुलाईसम्म अजरबैजानको राजधानी बाकुमा हुने युनेस्कोको ४३ औं सम्मेलनमा यसबारे छलफल हुनेछ ।

युनेस्कोले २०७२ साल बैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौं उपत्यकाको साँस्कृतिक धरोहरको संरक्षणमा सन्तोषजनक प्रगति हुन नसकेका कारण उपत्यकालाई खतराको सूचीमा राख्नुपर्ने प्रस्ताव गरिएको हो ।

युनेस्कोको प्रस्ताव पारित भएमा उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको साँस्कृतिक पहिचान संकटमा पर्ने जनाइएको छ ।
युनेस्कोको विश्व सम्पदा सूचीमा काठमाडौं उपत्यकाका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण मन्दिर सूचीकृत छन् ।

यसअघि पनि युनेस्कोले सम्पदाको संरक्षणमा ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा सूचिकृत गर्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०९ बजे

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट