ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता | Khabarhub Khabarhub

ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवको घरमा काम गर्ने अस्पतालकी एक महिला कर्मचारी अस्पतालकै कार्यमा फर्किएकी छन् ।

ट्रमा सेन्टरमा निर्देशक डा यादवले अस्पतालको कर्मचारीलाई आफ्नो निजी काममा लगाएको विषयमा खबरहबले ‘सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि डा यादवले आफ्नो घरमा निजी कामका लागि खटाइएकी महिला कर्मचारीलाई घरको कामबाट छुट्कारा दिएका हुन् ।

डा यादवको घरमा बैशाख १५ गतेदेखि कार्यतर ती कर्मचारी शुक्रबारदेखि अस्पतालकै काममा फर्किएकी छन् । खबरहबमा समाचार प्रकाशित भएसँगै डा. यादवले ती महिला कर्मचारीलाई घरको कामबाट फिर्ता गराएको ट्रमा सेन्टर स्राेतले खबरहबलाई जानकारी दियो ।

‘एकसाताका लागि भन्दै घरमा काम गर्न लगाएका थिए, तर एक महिना हुनलाग्दा पनि घरमै छोरा हेर्न र घरको काममा लगाए, त्यो समाचार आएकै दिनदेखि अब घरमा काम गर्नु पर्देन अस्पतालमै आउनु भने,’ महिला कर्मचारी निकट स्रोतले खबरहबसँग भन्यो, ‘शुक्रबारदेखि नै अस्पतालमै हाजिरी भएर काम गरीरहेकी छन् ।’

ती महिला कर्मचारी ४ वर्षअघिदेखी नमस्ते गाड्रेनिङ कन्सलटेन्सीमार्फत ठेक्कामा ट्रमा सेन्टरमा काम गर्दै आएकी थिइन् ।

सार्वजनिक खरिद नियमावलीअन्तर्गत सेवा करारमा लिने सम्बन्धी कार्यविधिअनुसार ठेक्कामा नियुक्त कर्मचारीले सरकारी अनुदान समेत हुने अस्पतालको कोषबाट तलब खान्छन् । डा यादवले सरकारबाट तलब खाने कर्मचारीलाई आफ्नो घरायसी काममा खटाएका थिए ।

सरकारी कोषबाट खटिने कर्मचारीलाई निजी काममा प्रयोग गरेमा निजी कार्यमा खटाउने व्यक्तिले नै ती कर्मचारीको तलब भराउनुपर्ने कानूनी व्यवस्था छ ।

सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०३ बजे

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च

बिजुली काटिएका उद्योगी भन्छन् – प्रमाण नै नभएको बिलको भुक्तानी किन गर्ने ?

काठमाडौं– डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत बिजुली उपभोग गरेबापत अतिरिक्त

प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राजनीतिक दलका नेताहरूसँग छलफल