युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन नेता खनालको आग्रह | Khabarhub Khabarhub

युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन नेता खनालको आग्रह


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ नेता खनालले युवाहरुको परिचालनबाट उद्योगको विकास गरेर मात्रै विश्वमा देखिएको गरिवी र अभावको अन्त्य गर्न सकिने पनि स्पष्ट पारे ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘विश्व युवा उद्यमी शिखर सम्मेलन’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले गरिवी, अभाव र युवा बेरोजगार अहिले पनि विश्वकै चुनौतिको रुपमा उल्लेख गर्दै सो समस्या समाधानका लागि युवाहरुलाई उद्यमी बनाउनुको विकल्प नरहेको पनि बताए ।

वरिष्ठ नेता खनालले नेपालमा बेरोजगार युवाहरु, महिलाहरु, पीछडिएका समुदायहरुलाई अघि बढाउने गरी संविधान बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार लागि परेको दावी गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरिवी अन्त्य गर्न र निरक्षरताको अन्त्य गरेर समृद्धिको अभियानलाई सफल बनाउन युवाहरु उद्यमशील हुनुपर्नेमा जोड दिए ।

उनले सम्मेलनले युवाहरुलाई उद्यमी बनाएर राष्ट्रहरुलाई समृद्धितर्फ अग्रसर गराउन आवश्यक नीति तय गर्ने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका युवा उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : ४४ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी