श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो « Khabarhub

श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकाली अधिकारीले आइतबार मुलुकका विभिन्न स्थानमा भएका श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेहरुको सङ्ख्या घटाएर २ सय ५३ मा झारेका छन् ।

यसअघि आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० सम्म पुगेको बताइएपनि मृतकको शव पहिचान गर्न कठिन भएको तथा सङ्ख्या गणना गर्न त्रुटि भएको भन्दै मृतकको सङ्ख्या २ सय ५३ मा झारिएको हो ।

ज्यान गुमाउनेमा अधिकांश श्रीलंकाली नागरिक रहेको तथा अन्य दर्जनौं विदेशी समेत रहेको बताइएको छ ।

श्रीलंकाली सरकारका उपरक्षामन्त्री रुवान विजेरत्नेले शवगृहहरुले गलत तथ्याङ्क दिएकाले मृतकको सङ्ख्या यसअघि बढाइएको तर हाल भने मारिनेको सङ्ख्या २ सय ५३ रहेको स्पष्ट भइसकेको जनाए । आक्रमणमा घाइते हुने अरु सयौंको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।

यसैबीच श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले आक्रमणका प्रमुख योजनाकार बताइने मोहम्मद जहरान हासिम राजधानी कोलम्बोमा रहेको शाङ्ग्री–ला होटेलमा गराइएको आत्मघाती बम विष्फोटमा मारिएको जनाएका छन् ।

उनी इल्हान नाम गरेका अर्का आत्मघातीसँग शाङ्ग्री–ला होटेल गएको र त्यहाँ गराइएको विष्फोटमा मारिएको राष्ट्रपति सिरिसेनाको भनाइ छ ।

यद्यपि हासिमले आत्मघाती विष्फोटन गराएको वा विष्फोटनका समय शाङ्ग्री–ला होटेलमा उनी के प्रयोजनका लागि होटेल गएका थिए भन्नेबारे राष्ट्रपति सिरिसेनाले केही खुलाएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै